Deepak
प्रकाश सपुतको पछिल्लो पटक बजारमा आएको गीत सक्नेले गर नसक्ने पर ले सायद धेरै नेपालीको मनको भाका बोलेको छ ।
राजनितीक स्थायित्व, विकास, संबृद्धि, रोजगारी प्रत्येक नेपालीको चाहना हो तर विडम्बना थुप्रै पटक राजनितीक परिवर्तन आए पनि जनताले महशुस गर्न पाएनन् । २००७ सालको परिवर्तन, ०४६ सालको बहुदलीय व्यबस्था, संसस्त्र जनयुद्धको अन्त्य, गणतन्त्रको स्थापना सहित प्रत्येक नेपालीको सुखी र सम्पन्नताको सपनाले थुप्रै नेपालीले आप्नो ज्यानको बलिदानी दिए । संभवत २०६२/ ६३ को जनआन्दोलनमा स्वैच्छिक, नैतिक र भौतीक रुपमा सम्पूर्ण नागरिकले सहभागिता जनाए, राजतन्त्रको अन्त संगसंगै राजनितीक र प्रशासनिक रुपमा आमुल परिवर्तन आयो तर जनताले के पाए त ? हो प्रश्न यहिनिर छ । के नेपाल सतिले सरापेको देश हो त ? होइन भने अब के गर्ने त ? हामी प्रत्येक नागरिकलाई आफ्नो भविष्य सुमधुर बनाउन र नेपाललाई संबृद्ध राष्ट्रको रुपमा चिनाउन मन छ । नेपालमा बस्ने नेपालीलाई मात्र होइन विदेशमा बस्ने एन आर एन लाई पनि नेपाल विकसित भएको हेर्न मन छ किनकि उनीहरुलाई सुखी जीवन संगसंगै इज्जत, सम्मान र राष्ट्रिय गौरवको खाँचो छ ।
अब गर्ने के त ? प्रत्येक नेपालीले अब प्रण गर्नुपर्ने बेला आइसकेको छ । म कसैको दास होइन, मेरो आफ्नो विवेक छ, गलत र सही छुट्याउन सक्छु । विवेकहिन, स्वार्थी नेताको भजन गाँउदिन । विद्रोह गर्छु । आफ्नो क्षणिक स्वार्थको लागि कुनै पनि गलत नेताको पछि लाग्दिन, भन्न सक्नु पर्दछ ।
युवाहरुलाई अनुरोध
I hate Politics भन्ने वाक्य अधिकांश युवाहरुले बोल्ने वाक्य हो । यसो होइन युवाहरु अब I love Politics but I hate selfish politicians भन्नु पर्दछ । युवाहरु राजनितिमा सकेसम्म आफै सहभागी हनु पर्दछ होइन भने पनि राजनितिक विषयमा चासो राखेर अबको राजनिती तथा राजनितीज्ञहरुलाई सही बाटोमा ल्याउन विवेकको प्रयोग गर्नै पर्छ । होइन भने राजनितीक पार्टी र राजनितीज्ञहरुलाई गाली गर्ने अधिकार हामीसंग छैन । मैले हिजोका दिनमा कुनै राजनितीक पार्टीसंग आवद्ध भई नेतृत्वले गरेका हरेक निर्णयमा मौन भई गल्ती गरेकोले आत्मालोचना सहित आफूलाई स्वरोजगारमा आवद्ध गराई रहेको छु र अब स्वरोजगारलाई व्यबसायमा परिवर्तन गरी राजनितीमा लाग्ने प्रण गरिसकेको छु । अनि अब सोच्ने पालो तपाँईहरुको । के हामी सधैं यी गैरजिम्मेवार, निकम्मा, नालायक, स्वार्थी गुट र नेताहरुको पछि लागि रहने कि हामी हाम्रो समाज, हाम्रो देश तथा भावी सन्ततीको लागि सुनौलो नेपाल बनाउन लागि पर्ने ? अब हामी जाग्नु पर्छ, ब्युझनु पर्छ, हामीले चाहे जस्तो देश बनाउन लागी पर्नु पर्दछ । जब सम्म प्रत्येक विवेकशिल नेपालीले आफ्नो देश र भावि पुस्ताको लागि सोच्दैनौं तब सम्म यस निहित स्वार्थपूर्ण राजनितीज्ञको दवदवाबाट उम्कीन सक्दैनौं । अब उठ्ने , जाग्ने बेला भइ सक्यो नत्र भने भोलीका दिनमा हामीले अझै ठुलो मुल्य चुकाउनु पर्नेछ ।
अहिलेको वास्तिविकता के हो त ?
नेपालको राजनिती मुलतः ४ वटा राजनितीक दलको वरिपरि केन्द्रित छ । हामीले एकपटक यी दलहरु तथा यिनीहरुका मुख्य नेताहरु र उनीहरुले विगत र वर्तमानमा गरिरहेका गतिविधिहरुलाई शुक्ष्म ढंगले नियालौं र विश्लेषण गरौं । के उनीहरुले साच्चिकै देश र जनताको हीतलाई केन्द्रविन्दुमा राखेर कार्य गरे ? आफुले आफैलाई सोधौं मैले यिनीहरुलाई किन भोट हालिरहेको छु र भोलीका दिनमा पनि किन भोट हाल्ने ? हामीले भन्ने गर्छौ आखिर जित्ने यिनीहरुनै हुन । हामी प्रत्येक सचेत नेपालीले अब त अति भो म यिनीहरुलाई भोट हाल्दिन तपाँइ पनि नहाल्नुस भन्न किन नसकेको त ? हो महत्वपूर्ण प्रश्न र रहस्य यहि त छ । हामीलाई कुनै न कुनै पार्टी वा नेता प्रति व्यक्तिगत आशा, भरोशा र स्वार्थ छ , हामी त्यो निहीत स्वार्थ भन्दा माथि उठ्न सक्दैनौ, चाहदैनौं र खोज्दैनौ पनि तर हाम्रो आत्माले हामीलाई बारम्बार धिक्कारी रहेको छ । अर्कोतिर यी राजनितीक पार्टीहरुले धेरै नेपालीहरुलाई विभिन्न संगठनका नाममा पद बाडेका छन् र दास बनाइ रहेका छन् । हाम्रो विवेक र स्वाभिमान माथि जहिले पनि दवदवा छ र हामी नै भन्ने गर्दछौं उनीहरुको यस्तो संगठन छ उनीहरु बाहेक कसले चुनाव जित्छ र ? हो यही मानसिकता कारण, उनीहरुले हामीहरुलाई दिने सस्तो भुल भुलैया, धार्मिक साम्प्रदायिक, तथाकथित राष्ट्रबादको नाराले गर्दा गलत मानिसहरुले हाम्रो नेतृत्व गरी रहेका छन् र देश र देशबासीहरु झ्नझन गरिबीको चंगुलमा फसिरहेको छन् । हामीहरुलाई कति सम्म मुर्ख बनाई राखेका छन् भने सांसद विकास अथवा अन्य योजनाका नाममा अहिलेका राजनितीकहरुले बजेट ल्याउछन् र भन्ने गर्दछन् मैले बजेट ल्याए, विकास गरे । कस्तो बिडम्बना उक्त विकाश बजेट हामीहरुले तिरेको पैसा हो कि उनीहरुको व्यबसायबाट आर्जन गरेर ल्याएको हो ? हो यो कुरा हामीले बुझ्नु पर्ने हो तर हामीहरु उनीहरु प्रति अनुग्रहित भएर धन्यवाद दिन्छौ र विकास प्रेमी नेता भन्दछौं । विडम्बना उक्त विनियोजित बजेटमा सम्बन्धित क्षेत्रको नेताको कमिसन छुट्याउन अनिवार्य नै मानिन्छ ।
हुनुपर्ने के हो त ?
१. कुनै पनि सरकारी वेतन/तलब खाने पेशाकर्मीले राजनितीक पार्टिसंग कुनै पनि तरिकाले सहभागी र आवद्ध हुनुहुदैन । स्थायी सरकार र स्थायी संयन्त्र बनाउने, नियम कानुन बिधि प्रक्रिया बनाएर हरेक क्षेत्रलाई व्यबस्थीत र मर्यादित बनाउने जिम्मा हो । देशमा व्याप्त भ्रष्टाचार हटाउनु पर्छ, यसको लागि कर्मचारीहरुलाई जीविकोपार्जनको लागि आवश्यक पारिश्रमिक प्रदान गर्ने एउटा उपाय हो भनि भष्ट्राचार विरुद्धका कानुनहरुको प्रभावकारी कार्यान्वयन अर्को पाटो हो । केही सरकारी कार्यालयहरुमा जरा गाडेर बसेको भ्रष्ट्राचारतन्त्रले कर्मचारीको बदनाम गर्ने त छदैछ जसले गर्दा सर्वसाधारणले सहजै पाउनु पर्ने सेवा पनि प्राप्त गर्न पनि कठिन भईरहेको छ ।
२. वर्तमान क्रियाशिल मूलतः ४ वटा राजनितीक पार्टीहरु जसले जनताको लागि राजनीति गरेनन् र उक्त पार्टीहरुमा आवद्ध युवाहरुले नेतृत्वले गरेका गलत कार्यहरुको आलोचना तथा खवरदारी गर्न सकेनन् , जसले गर्दा जहिले पनि गलत मानसिकता भएका मानिसहरुले नेतृत्व गरी राखेका छन् । त्यसले राज्यलाई सही मार्गमा डोर्याउन सक्दैन् । युवाहरुले जबसम्म राजनितीमा चासो राख्दैनन् र राजनितीक पार्टीमा हस्तक्षेपकारी भूमिका खेल्दैनन् तबसम्म नेपालको राजनिती सही ट्र्याकमा जान सक्दैन । तसर्थ नेपाल तथा नेपाली जनताको हीतलाई केन्द्रविन्दुमा राखेर राजनितीमा होमीएका युवावर्गलाई नेपालको राजनितीको नेतृत्व हस्तानन्तरण गर्नुपर्छ । तसर्थ युवावर्गहरुको नयाँ तथा सकारात्मक सोचका साथै व्यबसायिक तथा उद्यमशील चरित्रले मात्र संवृद्ध नेपालको निर्माण हुन सक्छ ।
दीपक राज जोशी
स्वरोजगार
Building a stronger culture of reading and educational leadership in Nepal.
Contact
Navigate
दीपकराज जोशी नेपालको विद्यालय तथा कलेज तहको शिक्षा क्षेत्रमा एक परिपक्व, दूरदर्शी, सिद्धान्तनिष्ठ र नतिजामुखी नेतृत्वकर्ताका रूपमा स्थापित हुनुहुन्छ । विगत दुई दशकभन्दा लामो समयदेखि शिक्षण, प्राज्ञिक व्यवस्थापन, र शैक्षिक प्रशासनको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको उहाँ गुणस्तरीय शिक्षा, अन्तर्राष्ट्रिय शैक्षिक समन्वय र व्यावहारिक शैक्षिक प्रशासनका संवाहक हुनुहुन्छ ।
उहाँले बाल शिक्षा (Early Childhood Education) देखि उच्च माध्यमिक तहसम्मका विभिन्न प्रतिष्ठित शैक्षिक तथा सामाजिक संस्थाहरूमा नीतिगत एवं प्रशासनिक नेतृत्व प्रदान गर्दै आउनुभएको छ:
जोशी केवल परम्परागत र सैद्धान्तिक सिकाइमा मात्र सीमित नरही आधुनिक, नवप्रवर्तनकारी (Innovative) र जीवनोपयोगी शिक्षा प्रणालीको वकालत गर्नुहुन्छ । उहाँका मुख्य प्राज्ञिक योगदानहरू यस प्रकार छन्:
उहाँका केही चर्चित तथा उल्लेखनीय लेखहरू:
क) शैक्षिक तथा बाल मनोविज्ञान केन्द्रित लेखहरू:
ख) जीवन दर्शन, उत्प्रेरणा र सामाजिक सम्बन्ध:
ग) संस्कृति, सुशासन र समसामयिक राजनीति:
उहाँले शैक्षिक सामग्री लेखन, पुस्तक प्रकाशन र वैचारिक विमर्शमार्फत समाजलाई निरन्तर सूसुचित गर्दै आउनुभएको छ:
शिक्षा क्षेत्रका अतिरिक्त उहाँको बौद्धिक चासो र अध्ययनको दायरा निकै फराकिलो छ:
“प्रत्येक बालबालिकामा ज्ञानको प्यास जगाउनु, पठन संस्कृतिको बीउ रोप्नु र गुणस्तरीय शिक्षाको वातावरण सिर्जना गर्नु नै सच्चा शिक्षाकर्मीको कर्तव्य हो।” > — दीपकराज जोशी
दीपकराज जोशी नेपाली शिक्षा क्षेत्रमा एक समर्पित, नवप्रवर्तनकारी र बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । आधारभूत जगदेखि उच्च माध्यमिक तहसम्मको शैक्षिक प्रशासनलाई सबल बनाउन, शिक्षक-अभावकबीच सेतुको भूमिका निर्वाह गर्न र समाजमा “विकासका लागि पठन संस्कृति” स्थापना गर्न उहाँले पुर्याउनुभएको योगदान उदाहरणीय र सराहनीय छ ।