Deepak
हरेक अवसरलाई अर्थपूर्ण तरिकाले मनाउनु तथा त्यसको सार्थकतालाई आत्मसात गर्नसक्नु नै वास्तविक रुपमा नयाँ बर्ष तथा अन्य उत्सवहरु प्रति न्याय गरेको ठहर्छ । बर्ष भरमा हामीले नयाँ बर्ष, विभिन्न धार्मिक चाडपर्वहरु, केही आयातीत उत्सवहरु लगायत थुप्रै चाडपर्वहरु मनाउछौं । हामीले उत्सवहरु मनाउँदा त्यसको महत्व तथा गरिमालाई बुझेर सहि ढंगले मनाउन सकेमा हाम्रो जीवन सार्थक हुनुका साथै जीवन पनि उत्सवमय हुनेमा कुनै शंका छैन तर क्षणिक रुपमा उत्सबलाई विकृती, विसंगतीको रुपमा परिभाषित गरी जीवनको महत्वपूर्ण समयलाई बुझ्न र त्यसको सदुपयोग गर्न सकेनौ भने क्षणिक रुपमा लिएको बेहोसी आनन्दले जीवनलाई खुसी र सार्थक बनाउन सक्दैन ।
कसरी मनाउने त नयाँ बर्षलाई ?
१.समीक्षा गर्ने बानी बसालौं ः जीवनमा खुसी, प्रगति, नाम, दाम, सम्मान सबैलाई मन पर्छ नै होला तसर्थ यी विषयवस्तुहरु प्राप्ती गर्नको लागि हामी कहाँ, कसरी चुकेका छौं त ? पहिले आफुले आफैलाई नियालौ । हामीले आफूलाई नियाल्न सकेनौ र आफ्ना कमी कमजोरीहरुलाई सच्यान सकेनौ भने सार्थक जीवन बाच्न सक्छौं त ? तसर्थ सार्थक जीवन जीउनको लागि आत्म समीक्षा सबैभन्दा महत्वपूर्ण कडी हो । नयाँ बर्षको पूर्वसन्ध्यामा आफ्नो व्यक्तिगत, पारिवारिक, पेशागत, संस्थागत बहुआयामिक समिक्षा गरेर आफ्ना कमी कमजोरीलाई सच्याउने तथा सबल पक्षलाई अगाडी बढाउने प्रणमात्र गर्न सक्यौं भने नयाँ बर्षले पनि हामीलाई खुसीका साथ स्वागत गर्दछ कि ? जीवनको सबैभन्दा महत्वपूर्ण तत्व आफूलाई व्यवस्थित बनाउने र बाँकी अन्य कुरा आफै व्यवस्थित हुदै गर्दछ किनकि हरेक क्षेक्रमा व्यत्तिको आनी बानीको प्रत्यक्ष तथा परोक्ष रुपमा प्रभाव पर्ने गर्दछ ।
२.योजना बनाऔं ः व्यवस्थित जीवनको रहर सबैलाई हुने गर्दछ तर व्यबस्थित जीवनका लागि चाहिने आधारभुत तत्व योजना हो तर हामी धेरै जसो मानिसहरु कुनै योजना विना जे जस्तो कार्य/परिस्थिति आयो त्यसै अनुसार जे जसरी भए पनि जीवन निर्वाह गरी रहेका हुन्छौं र हामी चाहे जस्तो उन्नत र सफल जीवन जीउन सक्दैनौं । नयाँ बर्षको रोडम्याप बनाएर अघि बढ्नका लागि तयार बनौं । योजना निर्माण तथा कार्यान्वयनका लागि आधारभूत बिषयवस्तुहरुको व्यबस्थापनका लागि चाहिने आवश्यक साधन स्रोतको पहिचान गरौं र प्रभावकारी ढंगले परिचालनका लागि बृहत छलफल गरी आफुलाई प्रष्ट बनाएर अगाडी बढ्ने प्रण गरौं । जीवनमा प्रत्येक सेकेन्डको त महत्व छ भने १ बर्षले जीवनमा धेरै महत्व राख्ने गर्दछ तसर्थ १ बर्षलाई भरपुर तरिकाले मनाउनका लागि तयारी गरौं ।
३.प्रतिबद्घता गरौं ः हाम्रो समिक्षा र योजना हाम्रा राजनीतिक दलका घोषणा पत्र जस्ता आश्वासनका झुटा सपना नबनुन् तसर्थ जे सकिन्छ जुन संभव छ त्यहि मात्र हाम्रो कार्ययोजनामा राखौं । योजना १००% सफल त नहोला तर कम्तीमा कार्ययोजना सहित व्यबस्थित कार्यान्वन पद्घतिको विकास हुन्छ । हामीलाई समिक्षा गर्न र योजना बनाउन खासै कठिन नहोला तर कार्यान्वयन पक्ष गाह्रो हुने गर्दछ । कार्यान्वयनका क्रममा थुप्रै चुनौतीहरुको सामना गर्नुपर्ने हुन सक्छ । हरेक कठिन तथा विषम परिस्थिति सामना गर्नका लागि दृढ संकल्प गरौ । जसले योजनालाई कार्यान्वयनमा ल्याउन सक्छ उसैको भविष्य उज्ज्वल हुन्छ ।
४. नराम्रा बानी, व्यबहारहरु त्याग गरौःं हामी मध्ये कसैलाई नराम्रा बानीहरु लागेको हुन सक्छ । जस्तो धुम्रपान, मध्यपान, जुवा/तास आदि इत्यादि । यदि कसैको यो बानी छ भने नयाँ बर्षबाट यी कुलतहरु हटाउने प्रण गरौं । यति मात्र होइन अरुको कुरा काट्ने, हरेक विषयमा नकारात्मक टिका टिप्पणी गर्ने, आफुले केही नगर्ने तर गर्नेलाई पनि जस नदिने, आफ्नो काम गर्न छाडी अनावश्यक गफ गरेर बस्ने, अल्छि गर्ने, क्षणिक रमाइलोमा मात्र ध्यान दिने, घमण्ड, इर्ष्या, वैमनस्यता, प्रतिशोध यस्ता यावत आफ्ना नराम्रा बानीहरु नयाँ बर्षबाट नदोहोराऔं ।
५. राम्रा बानीहरु बसालौं ः आफ्नो स्वास्थ्यलाई ध्यानमा राखेर दैनिक योग, व्यायाम, प्रणायाम तथा ध्यान गरौं । किनकि आफ्नो सु–स्वास्थ्य नै सबैभन्दा ठुलो धन हो । हरेक कार्यहरु जोश, जागर, उत्साह र आनन्दका साथ गरौं । तत्काल गर्न आवश्यक र महत्वपूर्ण काम पहिले गर्ने गरौं । सबैसंग राम्रो व्यबहार गरौं, सबैलाई सहयोग गरौं । सहकार्य र सह अस्तित्वमा विश्वास गरौं । सर्बहितायको मान्यतालाई अंगिकार गरौं ।
६. पारिवारको लागि समय निकालौःं हामी मध्ये कतिपय आफ्नो कार्य, कार्यालय वा संस्थालाई मात्र भरपुर समय दिने गर्दछौं । अतिरिक्त समय तथा विदाको दिनमा समेत आफ्नो पेशा व्यबसायमा संलग्न हुन्छौ । यसले आर्थिक तथा व्यवसायिक जीवनमा त सफल भइएला तर पारिवारिक खुसी तथा सुसम्बन्धमा खलल पर्न सक्छ । त्यसैले विदाको दिन तथा चाड पर्वमा परिवारको लागि समय निकाल्नु पर्दछ । रमाइलो गफगाफ तथा घुमफिर लगायतले परिवारमा खुसी ल्याउछ ।
नयाँ बर्षले हामी सबैमा खुसी र उमंग ल्याओस्, यही छ नयाँ बर्ष २०७९ को शुभकामना ।
दीपक राज जोशी
शिक्षा अभियन्ता
Building a stronger culture of reading and educational leadership in Nepal.
Contact
Navigate
दीपकराज जोशी नेपालको विद्यालय तथा कलेज तहको शिक्षा क्षेत्रमा एक परिपक्व, दूरदर्शी, सिद्धान्तनिष्ठ र नतिजामुखी नेतृत्वकर्ताका रूपमा स्थापित हुनुहुन्छ । विगत दुई दशकभन्दा लामो समयदेखि शिक्षण, प्राज्ञिक व्यवस्थापन, र शैक्षिक प्रशासनको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको उहाँ गुणस्तरीय शिक्षा, अन्तर्राष्ट्रिय शैक्षिक समन्वय र व्यावहारिक शैक्षिक प्रशासनका संवाहक हुनुहुन्छ ।
उहाँले बाल शिक्षा (Early Childhood Education) देखि उच्च माध्यमिक तहसम्मका विभिन्न प्रतिष्ठित शैक्षिक तथा सामाजिक संस्थाहरूमा नीतिगत एवं प्रशासनिक नेतृत्व प्रदान गर्दै आउनुभएको छ:
जोशी केवल परम्परागत र सैद्धान्तिक सिकाइमा मात्र सीमित नरही आधुनिक, नवप्रवर्तनकारी (Innovative) र जीवनोपयोगी शिक्षा प्रणालीको वकालत गर्नुहुन्छ । उहाँका मुख्य प्राज्ञिक योगदानहरू यस प्रकार छन्:
उहाँका केही चर्चित तथा उल्लेखनीय लेखहरू:
क) शैक्षिक तथा बाल मनोविज्ञान केन्द्रित लेखहरू:
ख) जीवन दर्शन, उत्प्रेरणा र सामाजिक सम्बन्ध:
ग) संस्कृति, सुशासन र समसामयिक राजनीति:
उहाँले शैक्षिक सामग्री लेखन, पुस्तक प्रकाशन र वैचारिक विमर्शमार्फत समाजलाई निरन्तर सूसुचित गर्दै आउनुभएको छ:
शिक्षा क्षेत्रका अतिरिक्त उहाँको बौद्धिक चासो र अध्ययनको दायरा निकै फराकिलो छ:
“प्रत्येक बालबालिकामा ज्ञानको प्यास जगाउनु, पठन संस्कृतिको बीउ रोप्नु र गुणस्तरीय शिक्षाको वातावरण सिर्जना गर्नु नै सच्चा शिक्षाकर्मीको कर्तव्य हो।” > — दीपकराज जोशी
दीपकराज जोशी नेपाली शिक्षा क्षेत्रमा एक समर्पित, नवप्रवर्तनकारी र बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । आधारभूत जगदेखि उच्च माध्यमिक तहसम्मको शैक्षिक प्रशासनलाई सबल बनाउन, शिक्षक-अभावकबीच सेतुको भूमिका निर्वाह गर्न र समाजमा “विकासका लागि पठन संस्कृति” स्थापना गर्न उहाँले पुर्याउनुभएको योगदान उदाहरणीय र सराहनीय छ ।