Deepak
जीवनको उद्देश्य खुसी बन्नु होइन, पलपलमा खुसी बन्न सक्नु नै जीवनको सार्थकता हो । सायद खुसी नचाहने मान्छे कोही पनि नहोला तर खुसी कसरी प्राप्त गर्न सकिन्छ भनेर सुझबुझका साथ अगाडी बढ्ने मानिस कमै छौ होला । प्रत्येक मानिसलाई प्रभाव पार्ने दुईवटा तत्व हुन्छन्; ती हुन् आन्तरिक र वाह्य । आन्तरिक तत्व हाम्रो नियन्त्रण रहन्छ र जसले हामीलाई कस्तो मान्छे बन्ने, खुसी कि बेखुसी निर्धारण गर्दछ । बाह्य कारण हाम्रो नियन्त्रण बाहिर छ र जसको लागि हामी जतिसुकै प्रयास गरे पनि हामीले चाहे जस्तो बनाउन सक्दैनौँ । दैनिक जीवनमा हामीले अरु मानिसहरूलाई आफू अनुकुल बनाउन खोज्छौं अर्थात आफू जस्तै बनाउन खोज्छौँ जुन प्रकृतिको नियम बिरुद्ध हो । किन यसो भयो, त्यस्तो किन भएन, यस्तो हुनु पर्छ जस्ता अनेकन प्रश्न हाम्रो मनमा आउने गर्दछन् । वास्तबमा हामी यथार्थमा होइन बाहिरी दुनियामा खुसी खोजिरहेका हुन्छौँ । कस्तुरीले आफ्नो सुगन्ध थाहा नपाएर भौँतारिए जस्तै मानिसहरू पनि खुसी प्राप्तिका लागि भौँतारी रहेका छौं । खुसी हामीमा अन्तर्निहित तत्व हो र यसलाई पहिचान गर्न नसक्नु हाम्रो कमजोरी हो । खुसी प्राप्त गर्नका लागि हामीहरू निरन्तर सङ्घषर् गरिरहेका हुन्छौँ तर जुनबाट खुसी प्राप्त गर्ने भ्रममा हामीहरू दौडिरहेका हुन्छौँ त्यो प्राप्त हुन्जेल सम्म हामीसँग भएका खुसीहरू पनि खोसिइसकेको पत्तै हुँदैन । तसर्थ जुन उद्देश्य प्राप्तिका लागि हामी सङ्घर्ष गरिरहेका हुन्छौ, त्यसको प्राप्ति प्रक्रियाको पल–पलमा नै खुसी हुन सक्नु पर्दछ । जे छ, जस्तो छ, जे प्राप्त भएको छ त्यसैमा खुसी मनाउन सक्नुपर्दछ, खुसी हुनु पर्दछ । मानिस खुसी पाउन भनेर काम गर्यो भने खुसी झन टाढा पुग्छ बरु हरेक पलमा खुसि मान्दै आनन्दकासाथ काम गर्यो भने मानिस सधैं खुसी रहन सक्छ । वर्तमान समयमा भौतिकवादी जीवनशैली, अस्वस्थ प्रतिस्पर्धा, कार्यव्यस्तता लगायतका कारणहरुले बेखुसीका लागि पर्याप्त आधार बनाइरहेको छ । मान्छेले मानव भएर जन्मन पाएकोमा खुसी भएर अहोभावका साथ अगाडि बढ्न सकेमा खुसी नै खुसी प्राप्त गर्न सकिन्छ ।
कसरी प्राप्त गर्न सकिन्छ खुसी ?
यी सामान्य कुराहरु ख्याल गर्न सक्यो भने खुसीका साथ जीवन जिउन सकिन्छः
१, काममा व्यस्त रहेर ः जति हामीले आफूलाई इमान्दारीका साथ काममा लगलशील भई व्यस्त राख्न सक्छौँ त्यति नै धेरै खुसीका साथ बाँच्न सकिन्छ । नेपालका कुनै एउटा संस्थामा केही कामदारलाई बिना काम दुई महिना सम्म तलब सहित राखिएको थियो तर ती कामदारहरूले दुई महिना पछि आफैँले जागिर छोड्ने निर्णय लिए र उनीहरूको भनाई अनुसार काम बिनाको जागिर जत्तिको पीडा अरू केहीमा पनि हुँदो रहेनछ । जागिर नभएको अवस्थामा पनि अन्य व्यापार, व्यवसाय जे जस्तो पेशा व्यबसायमा संलग्न छौ त्यसकै काममा व्यस्त हुनु पर्छ । कुनै रचनात्मक काममा व्यस्त रहदाँ झनै खुसी मिल्छ ।
२, व्यवस्थित बनेर ः व्यवस्थापन कार्यालयमा मात्र होइन, व्यवस्थापन सबैभन्दा पहिला आफ्नो व्यक्तिगत जीवन र घर परिवारमा गर्नु आवश्यक छ । जसले गर्दा हामीमा व्यवस्थित बन्ने बानीको विकास हुन्छ । असल बानी बसाल्दा त्यो हरेक क्षेत्रमा उपयोगी हुन्छ त्यसले आफूलाई मात्र होइन अरूलाई पनि खुसी दिने गर्दछ । स–साना कुरामा हामी रोष प्रकट गर्ने गर्दछौँ, त्यसको मुख्य कारण नै हाम्रो व्यक्तिगत अस्तव्यस्तता हो । तर हामी अरूलाई त्यसको दोषी ठान्छौं ।
३, अनपेक्षित आशा नगर्दा ः जब हामीहरू अरूसँग आशा र अपेक्षा राख्दछौँ तब त्यो पूरा नभएमा हामी दुःखी बन्ने गर्दछौँ । तसर्थ हामीले वास्तविकता भन्दा बढी गरेको आशा, अपेक्षा, भरोसा र विश्वासले समस्या निम्त्याउँछ । त्यसैले अरुमा अनावश्यक आशा, भरोसा र विश्वास गनुर् भन्दा आफैमा विश्वास गर्नुपर्दछ ,जसले आफूलाई सक्षम बनाउँछ र जीवनमा खुसीको वहार ल्याउने गर्दछ । अरु सबैलाई खुसी बनाउछु भन्नु आफै बेखुसी हुनु हो तसर्थ आफ्नो प्रयास गर्नुहोस् तर निरास नहुनुहोस् ।
४, विश्वासिलो सम्बन्ध कायम गरेर ः असल मानिसका लागि महत्वपूर्ण सम्पत्ति भनेकै विश्वासिलो सम्बन्ध हो जसको लागि आफू पनि विश्वासिलो हुनु पर्दछ । जुन विश्वास गाह्रो, अप्ठ्यारो र सङ्कटमा काम लाग्दछ भने सजिलैसँग समस्याको समाधान प्राप्त गर्न सकिन्छ । विश्वासले सहयोगी हातहरू बढ्नुका साथै धेरैको साथ प्राप्त हुन्छ र पल–पलमा खुसी पाइन्छ । त्यसैले सम्बन्धलाई सम्मान गरौँ र जीवनमा आउने प्रत्येक आरोह अवरोहहरूलाई सहर्ष र एकनासले लिने गरौँ न कि समय र परिस्थिति अनुसार सम्बन्धलाई परिवर्तन गर्ने नगरौँ ।
५, आफैँलाई प्रतिविम्वित गरेर ः कसैले पनि विगतको वास्तविकतालाई बिर्सनु हुँदैन र त्यसलाई समय र परिस्थिति अनुसार आफूलाई चिन्ने र चिनाउनु पर्दछ । आडम्बरी र ढोगी जीवनशैलीलाई त्याग्ने गरौँ । अरूसँग तुलना गर्ने बानी पनि नगरौँ किन कि हरेक मानिसमा आफ्नै किसिमको विशेष गुण हुन्छ । वास्तविक र वाह्य जीवनमा फरक हुन्छ । तसर्थ आफूसँग जे छ त्यो नै परिपूर्ण छ, त्यसको भरपूर प्रयोग गर्ने गरौँ । अतितलाई सम्झेर दुःखी नहुनुहोस् भने वर्तमानमा अनावश्यक धेरै सोच्ने बानी हटाऔं, आफैँलाई मायाँ गर्ने गरौँ । जब आफूले आफैँलाई मायाँ गर्न विर्सन्छौँ, तब कहिल्यै खुसी हुन सकिँदैन । नियमित योगा, प्रणायाम, व्याम तथा ध्यान गर्ने समय निकालौं ।
६, सम्मान र सद्भावको व्यवहार गरौँ ः हामीलाई अरूले सम्मान दिएको मन पर्दछ भने स्वभाविक रूपमा अरूलाई पनि हामीले समय, सम्मान र मूल्य दिएको मन पर्दछ । प्रायजसो मानिसहरूलाई उनीहरूको पद, प्रतिष्ठा, धन–सम्पत्तिको आधारमा मूल्याङ्कन गरी सम्मानको मात्रामा फरक गर्ने गरिएको देखिन्छ तर यस्तो सम्मान भित्र न त प्राप्त गर्ने खुसी हुन सक्छ न त प्रदान गर्ने नै । पद, प्रतिष्ठा र धन–सम्पत्ति अजम्बरी हुँदै होइन । मान्छेले मानवलाई गर्ने व्यवहारमा तात्वीकरूपमा फरक गर्नु हुँदैन, मात्र ठाउँ र परिस्थिति अनुसार गर्नुपर्ने औपचारिकतामा फरक हुन सक्दछ ।
७, सेवा र सहयोगी भावनाको विकास गरेर ः अरूलाई/समस्यामा परेको मानिसलाई मन, वचन, कर्मले सहयोग गरौं । यस्तो सहयोगले सम्बन्धित मान्छेले पाउने आनन्द तथा उनीहरूको मुहारमा देखिने मुस्कानबाट सेवा र सहयोग गर्ने मान्छेलाई स्वभाविक रूपमा खुसी प्राप्त हुने गर्दछ । हरेक मान्छेको सामाजिक दायित्व अन्तर्गत समाजलाई आफूले सकेको जुनसुकै प्रकृतिको सहयोग र सेवा प्रदान गर्न सकिन्छ । प्रकृतिप्रति हामी सधैँ अनुग्रहित हुनुपर्दछ, किनकि प्रकृतिले नै हामीलाई सबैथोक प्रदान गरेको छ ।
८, खुसी बाँडेर ः जति धेरै खुसी अरूसँग साँटिन्छ त्यति नै धेरै तपाईँमा बढ्ने चिज भनेकै खुसी हो । खुसीका हरेक पलहरूमा झनै खुसी हुँदै खुसी नै बाँड्ने गर्नुहोस्, त्यो भन्दा ठूलो खुसी दुनियामा कुनै छैन । त्यसैले हरेक सकारात्मक विषय बस्तुहरूलाई आफू भित्र सीमित नगरी बाँड्ने बानीको विकासमा मद्दत मिलोस् । आफू भलो त जगत भला,े तपाईँ खुसी त दुनिया खुसी । यसका अलावा अरुको मुहारमा खुसि ल्याउने कार्यहरु गर्रौ, जसले अन्ततः आफैलाई खुसी बनाउछ ।
दीपक राज जोशी
शिक्षा अभियन्ता
Building a stronger culture of reading and educational leadership in Nepal.
Contact
Navigate
दीपकराज जोशी नेपालको विद्यालय तथा कलेज तहको शिक्षा क्षेत्रमा एक परिपक्व, दूरदर्शी, सिद्धान्तनिष्ठ र नतिजामुखी नेतृत्वकर्ताका रूपमा स्थापित हुनुहुन्छ । विगत दुई दशकभन्दा लामो समयदेखि शिक्षण, प्राज्ञिक व्यवस्थापन, र शैक्षिक प्रशासनको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको उहाँ गुणस्तरीय शिक्षा, अन्तर्राष्ट्रिय शैक्षिक समन्वय र व्यावहारिक शैक्षिक प्रशासनका संवाहक हुनुहुन्छ ।
उहाँले बाल शिक्षा (Early Childhood Education) देखि उच्च माध्यमिक तहसम्मका विभिन्न प्रतिष्ठित शैक्षिक तथा सामाजिक संस्थाहरूमा नीतिगत एवं प्रशासनिक नेतृत्व प्रदान गर्दै आउनुभएको छ:
जोशी केवल परम्परागत र सैद्धान्तिक सिकाइमा मात्र सीमित नरही आधुनिक, नवप्रवर्तनकारी (Innovative) र जीवनोपयोगी शिक्षा प्रणालीको वकालत गर्नुहुन्छ । उहाँका मुख्य प्राज्ञिक योगदानहरू यस प्रकार छन्:
उहाँका केही चर्चित तथा उल्लेखनीय लेखहरू:
क) शैक्षिक तथा बाल मनोविज्ञान केन्द्रित लेखहरू:
ख) जीवन दर्शन, उत्प्रेरणा र सामाजिक सम्बन्ध:
ग) संस्कृति, सुशासन र समसामयिक राजनीति:
उहाँले शैक्षिक सामग्री लेखन, पुस्तक प्रकाशन र वैचारिक विमर्शमार्फत समाजलाई निरन्तर सूसुचित गर्दै आउनुभएको छ:
शिक्षा क्षेत्रका अतिरिक्त उहाँको बौद्धिक चासो र अध्ययनको दायरा निकै फराकिलो छ:
“प्रत्येक बालबालिकामा ज्ञानको प्यास जगाउनु, पठन संस्कृतिको बीउ रोप्नु र गुणस्तरीय शिक्षाको वातावरण सिर्जना गर्नु नै सच्चा शिक्षाकर्मीको कर्तव्य हो।” > — दीपकराज जोशी
दीपकराज जोशी नेपाली शिक्षा क्षेत्रमा एक समर्पित, नवप्रवर्तनकारी र बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । आधारभूत जगदेखि उच्च माध्यमिक तहसम्मको शैक्षिक प्रशासनलाई सबल बनाउन, शिक्षक-अभावकबीच सेतुको भूमिका निर्वाह गर्न र समाजमा “विकासका लागि पठन संस्कृति” स्थापना गर्न उहाँले पुर्याउनुभएको योगदान उदाहरणीय र सराहनीय छ ।