Deepak
शिक्षाकर्मी भएर बालबालिकाहरुको भविष्य सुन्दर बनाउन लागेको दुई दशकको हाराहारीमा आइपुग्दा म स्वयं आफैलाई उनीहरुमाथि पूर्ण रुपमा न्याय गर्न नसकेको महशुस भईराखेको छ । हो हामी शिक्षका शिक्षिकाहरुका पनि आफ्नै समस्या, गुनासा, अभाव, तनाव तथा चुनौती छन् र रहिरहने पनि देखिन्छ । हामी शिक्षा क्षेत्रमा रहरले वा बाध्यताले लागेका छौंँ ? वा जागिरका लागि लागेका छौं ? के साच्चीकै जवाफदेही शिक्षाकर्मी भएर बालबालिकालाई न्याय दिनका लागि हामी तम्तयार भएका छौं त ? एक पटक हामी सबैले आफैलाई प्रश्न प्रश्न शोध्ने कि ‘मैले बालबालिकालाई न्याय गरिरहेको छु त ?’ बालबालिकाहरुका लागि शिक्षक सबै भन्दा ठुलो आस्था र विश्वासको धरोहर हो । बुवा आमा भन्दा पनि बढी विश्वास शिक्षकको गर्दछन् पूर्व प्राथमिक तहका बालबालिका तर हामी उनीहरुको विश्वासको धरोहर बन्न सकेका छौं कि छैनौं एक पटक आफैलाई नियाल्ने कि? हामीहरु हाम्रो असक्षमताको कारणले बालबालिका माथि विभिन्न तरिकाले अन्याय गरिरहेका छौं । प्रत्येक विद्यालयका हामी शिक्षक शिक्षिकाहरुले एकपटक आत्म समिक्षा मात्र गरिदिदा धेरै हदसम्म परिवर्तनको थालनी भई आम बालबालिकाहरु साच्चिकै २१ औं शताब्दीका भाग्यमानी बालबालिका बन्ने थिए कि ? हामी प्राय जसो शिक्षाकर्मीहरु बीच बालबालिकाहरुको बारेमा छलफल हुदा उ भित्र भएका सकारात्मक पक्षहरुबाट सुरुवात नगरी अबगुणहरुको बारेमा छलफलमा केन्द्रीत भएर सुर्धान प्रयास गर्दछौं । हामी स्वयंले बालबालिकाको ठाँउमा आफुलाई राखेर कत्तिको हेरेका छौं ? वास्तविकरुपमा हामीहरु र बालबालिका बीच तुलना गर्ने हो भने उनीहरु निर्दोष, पबित्र छन् मात्र उमेर अनुसार केही बदमासी गर्न मन गर्दछन् । केही झुट, केही बिगार र अलि अलि ठगी गर्न खोज्छन् र त्यसो गर्दा उनीहरुलाई गल्ती गरेको बोध गराउने र सहि मार्गमा हिडाउने जिम्मेवारी त हामी शिक्षाकर्मी र अभिभावकको हो । तर शिक्षाकर्मीले जानी जानी गरिरहेको बालबालिका माथिको अन्याय कसले र कहाँबाट सुधार्ने त ? समाजमा बौद्धिक र जाने बुझको वर्ग त शिक्षक होइन र ? अन्जान र अज्ञानीलाई सिकाउन सकिन्छ, सुर्धान सकिन्छ तर जो स्वयं सबैथोक आउछ भन्ने भ्रममा बाँचिरहेको छ अथवा अल्छीपनबाट उम्कीन चाहदैन भने कसरी सकिन्छ सुधार्न ? यदि प्रत्येक घरघरमा अभिभावकले आफुलाई समय सापेक्षित रुपमा रुपान्तर गरी उपयुक्त वातावरणमा सहि संस्कार रोप्न सकेमा र प्रत्येक शिक्षाकर्मीले थोरैमात्र जमर्को गर्ने हो भने बालबालिका सही गन्तव्यमा खुसीका साथ अघि बढ्दथे, अनाहकमा कुनै पनि बालबालिकाले पीडा र सकसमा बाँच्नु पर्दैनथ्यो । अभिभावकले गर्नुपर्ने बोध ः नासपाती रोपेर स्याउ फल्दैन तसर्थ हरेक घरमा रहेका बुवाआमाले बालबालिकामा समय सापेक्षित ज्ञान र सही संस्कारको रोपनी गर्नुपर्दछ । अभिभावकले बालबालिकालाई आफ्नो नियन्त्रणमा नराखे, कु संस्कारको रोपनी भएमा बिद्यालयमा रहेका शिक्षाकर्मीबाट आश गर्नु भनेको अर्थहिन अपेक्षा हो र जसबाट स्वयं अभिभावक र बालबालिकालाई पिडामात्र हुने गर्दछ । अधिकांश अभिभावको ‘छोरा छारीले भनेको मान्दैनन्, मुखमुखै लाग्ने गर्दछन्, रिसाउने , झर्किने, गलत संगतमा लाग्ने गर्दछन्, पढ्न मान्दैनन्’ भन्ने जस्ता गुनासाका पोकाहरु सहित बिद्यालयमा सहयोगको आशा र अपेक्षा रहेने गर्दछ । बिद्यालयका शिक्षाकर्मी, प्रधानाध्यापक जादुगर होइनन् मात्र उनीहरु प्रेरणाका स्रोत हुन्, व्यवस्थित कार्यतालिकामा काम गर्ने र सम्झाउने व्यक्तित्व हुन्् । बालबालिकाहरु शिक्षकले सम्झाउदा तथा हप्काउदा केहीबेरको लागि सुने जस्तो माने जस्तो गर्दछन् तर दिर्घकालिन रुपमा त्यसले पनि काम गर्दैन । अभिभावकले आफ्ना बालबालिकाहरु विद्यालयमा र साथी संगतलेमात्र सही मार्गमा लाग्ने र सफलता प्राप्त गर्ने विश्वास छ । केही हदसम्म यसले काम गर्दछ तर आमरुपमा समाजमा उपलब्धी र सफलताको शिखर चुमेर असल मान्छे उसको घरपरिवारका कारणले बनेको पाइन्छ । कुनैपनि मान्छेको सफलताको जग उसको घर हो बाँकी सबै माध्यममात्र हुन् गन्तव्यमा पुग्ने ।
शिक्षक शिक्षिकाहरुले गर्नुपर्ने बोध ः शिक्षाकर्मी यस्तो पेशा हो जसको सिकाई–पढाइको अन्त्य कहिल्यै हुदैन तर हामीहरुमा दुई दशक र अझै धेरै बर्ष देखि पढाएको घमण्ड छ तर भित्र भित्रै आफु आउट डेटेड भइसकेको पत्तै हुदैन । आफूले हिजो गरे जस्तै आज पनि निरन्तर रुपमा त्यही पद्धती, प्रणाली, शैली अपनाएर कक्षा कोठामा प्रवेश गरिरहेका छौ र अनि बिद्यार्थी माथि सम्पूर्ण दोष थुपारेर पानी माथिको ओभानो बन्न खोजिरहेका छौ । प्रायः जसो शिक्षक किताब पढाउने गर्दछौं, पाठ्यक्रम हेरेकै छैनौं । कहिले काहि त बोर्ड परिक्षामा पाठ्यक्रम र ग्रीड अनुसारको प्रश्नपत्र माथी नै शंका गरी यो त भएन कितावमा नै नभएको प्रश्न सोधियो भन्ने शिक्षाकर्मी पनि नभेटिएका होइनन् । विज्ञ समुहले लामो समय लगाएर बनाएको पाठ्यक्रम अनुसारको तयारी गरी पढाउन–सिकाउनको लागि एकाई र पाठको पूर्व तयारी गरी कक्षा कोठामा प्रवेब गर्नुपर्ने शिक्षक किताब पल्टाएर हिजो के पढेका थियौ भनी बिद्यार्थीलाई नै सोधी ४५ मिनट आफ्ना कुरा सुनाएर हामीलाई लाग्दछ मैले शिक्षण पेशालाई न्याय गरेको छु । शिक्षकले ४५ मिनटमा आफूलाई विभिन्न रुपमा प्रस्तुत गर्नका लागि पुर्व तयारी नितान्त आवश्यक छ तर शिक्षकसंग तयारी गर्ने न जागर छ न समयनै छ अन्तत बालबालिका जबरजस्ती कक्षा कोठामा बस्न बाध्य छन् । एक शिक्षक प्रेरणाको स्रोत हो , मनोवैज्ञानिक हो, परामर्शदाता हो ,मायाको खानी हो, मनको कुरा सुन्ने साथी हो, अप्ठेरोको सहयोगी हात हो, कक्षाकोठाको कमान्डर हो, समय सापेक्षित रुपमा कक्षाकोठाको वातावरण निर्माण गर्न सक्ने डाइनामिक व्यक्तित्व हो ।
सामुदायिक र संस्थागत विद्यालयको अवस्थाः विद्यालयको ठूलो हिस्सा सामुदायिक बिद्यालयले ओगटेको छ तर बहुसंख्यक विद्यालय राजनितीक कार्यकर्ता उत्पादन गर्ने ठाँउ भइ राखेका छन् भने साधन स्रोतको अभाव छ । सामुदायिक बिद्यालयको नेतृत्वलाई प्रयाप्त साधन स्रोत तथा अधिकार प्रदान गर्न सकिएको छैन जसका कारण बालबालिका अन्यायको सिकार बनेका छन् । स्थानीय सरकारले चाहेमा सामुदायिक बिद्यालयको रुपान्तर गर्न त्यति गाह्रो छैन किनकि शिक्षकको र भौतिक संरचना संघिय सरकारले व्यवस्थापन गरिसके पछि स्थानीय सरकारले बिद्यालयमा अपुग साधन स्रोत र थितिको व्यवस्थापन गर्न सकेमा मात्र बालबालिकालाई उसभित्र रहेको प्रतिभा प्रष्फुटन गरि आफ्नो जीवनको गोरेटो तय गर्न सक्दछन् । संस्थागत, गुठी लगायतका अन्य बिद्यालयहरुले आफ्नै पाठ्यक्रम निर्माण गरेर हामी अन्तराष्ट्रिय पाठ्यक्रम पढाउने गर्दछौ भन्ने सुनिन्छ र गरेको पाइन्छ तर यो आफैमा नेपाल सरकारको शिक्षा नीति नियमको उपहास भने स्वयं अभिभावकलाई गुमराहमा राखेर अचाक्ली शुल्क असुल्ने फण्डा मात्र हो । लामो समय लगाएर विज्ञ समुहले नेपालको परिवेश र विश्व परिवेशलाई मध्यनजर गरी बनाएको पाठ्यक्रम भन्दा केही बिद्यालयमा कार्यरत शिक्षाकर्मी र कसैको सहयोगमा बनाएको पाठ्यक्रमलाई पनि पाठ्यक्रम भन्न सकिन्छ र ? अभिभावक–शिक्षाकर्मी तथा सरोकारबालाहरु सबैले आफुलाई कम्तीमा सामान्य कुराको जानकारी नराखीकन निर्णय गर्ने कार्य गर्दर्छौ भने त्यो सरासर बालबालिका माथिको अन्याय हो । हाम्रो प्रवृत्ति समस्यालाई पन्छाउने र बिषयलाई बिषयान्तर गर्ने छ । समाजका अरु वर्गले यस्तो गरेपनि शिक्षा क्षेत्रमा लागेकाहरुका लागि कदापी पनि यो गर्ने छुट छैन ।
समग्रमा बालबालिकालाई सही मार्गमा हिडाएर उनीहरुको उज्ज्वल भविष्यको लागि शिक्षक, अभिभावक र विद्यालयको हातेमालो हुनु जरुरी छ । सामुदायिक र संस्थागत विद्यालयहरुले आ–आफनो कमी कमजोरीहरु सुधारेर अगाडी बढ्नु नितान्त आवश्यक छ ।
दीपक राज जोशी
शिक्षाकर्मी
Building a stronger culture of reading and educational leadership in Nepal.
Contact
Navigate
दीपकराज जोशी नेपालको विद्यालय तथा कलेज तहको शिक्षा क्षेत्रमा एक परिपक्व, दूरदर्शी, सिद्धान्तनिष्ठ र नतिजामुखी नेतृत्वकर्ताका रूपमा स्थापित हुनुहुन्छ । विगत दुई दशकभन्दा लामो समयदेखि शिक्षण, प्राज्ञिक व्यवस्थापन, र शैक्षिक प्रशासनको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको उहाँ गुणस्तरीय शिक्षा, अन्तर्राष्ट्रिय शैक्षिक समन्वय र व्यावहारिक शैक्षिक प्रशासनका संवाहक हुनुहुन्छ ।
उहाँले बाल शिक्षा (Early Childhood Education) देखि उच्च माध्यमिक तहसम्मका विभिन्न प्रतिष्ठित शैक्षिक तथा सामाजिक संस्थाहरूमा नीतिगत एवं प्रशासनिक नेतृत्व प्रदान गर्दै आउनुभएको छ:
जोशी केवल परम्परागत र सैद्धान्तिक सिकाइमा मात्र सीमित नरही आधुनिक, नवप्रवर्तनकारी (Innovative) र जीवनोपयोगी शिक्षा प्रणालीको वकालत गर्नुहुन्छ । उहाँका मुख्य प्राज्ञिक योगदानहरू यस प्रकार छन्:
उहाँका केही चर्चित तथा उल्लेखनीय लेखहरू:
क) शैक्षिक तथा बाल मनोविज्ञान केन्द्रित लेखहरू:
ख) जीवन दर्शन, उत्प्रेरणा र सामाजिक सम्बन्ध:
ग) संस्कृति, सुशासन र समसामयिक राजनीति:
उहाँले शैक्षिक सामग्री लेखन, पुस्तक प्रकाशन र वैचारिक विमर्शमार्फत समाजलाई निरन्तर सूसुचित गर्दै आउनुभएको छ:
शिक्षा क्षेत्रका अतिरिक्त उहाँको बौद्धिक चासो र अध्ययनको दायरा निकै फराकिलो छ:
“प्रत्येक बालबालिकामा ज्ञानको प्यास जगाउनु, पठन संस्कृतिको बीउ रोप्नु र गुणस्तरीय शिक्षाको वातावरण सिर्जना गर्नु नै सच्चा शिक्षाकर्मीको कर्तव्य हो।” > — दीपकराज जोशी
दीपकराज जोशी नेपाली शिक्षा क्षेत्रमा एक समर्पित, नवप्रवर्तनकारी र बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । आधारभूत जगदेखि उच्च माध्यमिक तहसम्मको शैक्षिक प्रशासनलाई सबल बनाउन, शिक्षक-अभावकबीच सेतुको भूमिका निर्वाह गर्न र समाजमा “विकासका लागि पठन संस्कृति” स्थापना गर्न उहाँले पुर्याउनुभएको योगदान उदाहरणीय र सराहनीय छ ।