Deepak
हरेक मानिस भित्र सकारात्मक र नकारात्मक विचार हुनु स्वभाविक हो । त्यसको सम्प्रेषण तथा प्रवाह कसरी र कुन रुपमा हुने त्यो व्यक्ति विषेश तथा समाजका अवयवहरुमा भर पर्ने कुरा हो । दशैंले पूर्व मेची देखि पश्चिम महाकाली तथा विदेशमा बसेका सम्पूर्ण नेपाली दाजुभाइलाई एउटै मालामा गाँसेको पाइन्छ । हाम्रो जस्तो विभिन्नता भएको नेपाली समाजमा दशैको टिका तथा यस उत्सवलकाई मनाउने आ आफ्नै शैली तथा तौरतरिका रहेका छन् तर सम्पूर्ण घरपरिवारमा बृद्वदेखि बालबालिकाको एउटै सन्देश बोकेको हुन्छ, सुस्वास्थ्य, दिर्घायु, असल, सफलता लगायतका सकारात्मक उर्जाबाट भरिभराउ आशिष हुने गर्दछन् । सकारात्मकतालाई आफुभित्र संप्रेषण गर्दा हामीले इनर्जी प्राप्त गरिरहेका हुन्छौ । तर जब हामी बीच सकारात्मक उर्जाको प्रवाह हुने गर्दछ त्यसले सिनर्जी उत्पादन गर्दछ अर्थात सिनर्जीको प्रभाव प्रभावकारी जसलाई रिपल इफेक्ट पनि भन्न सकिन्छ । सामान्तया गणितमा २+२ = ४ हुन्छ तर सिनर्जीक प्रभावमा २+२= ५ बन्न सक्छ । दशैले मानिसमा रहेको खुसीलाई यसरी बढाइदिन्छ ।
१. घर परिवारका सदस्यको जमघट ः समाजको महत्वपूर्ण अंग भनेको परिवार हो र प्रत्येक परिवारमा दशैले पारिवारिक मिलन, सामिप्यता, प्रेम तथा भविष्यको योजना निर्माण गर्ने उपयुक्त समय बन्ने गर्दछ । जब प्रत्येक परिवार संतुलित, व्यवस्थित, अखण्डित बन्ने गर्दछ, त्यसले सुखी र सबृद्व समाजको निर्माण गर्दछ ।
२. अर्थिक गतिशिलता ः विकासको महत्वपूर्ण तत्व भनेको गतिशिलता हो जब समाजमा आर्थिक चलायमान हुन्छ, समाजका सम्पूर्ण पक्षहरु लाभान्वित हुने गर्दछन् । दशैमा व्यापार व्यवसाय देखि यातायात, रेमिटेन्स, खर्च गर्ने बानी, बुढापाका देखि बालबालिकाको खल्तीमा थोर बहुत आर्थिक रुपमा केही फरक महशुष यस पर्वले गराउँदछ । आर्थिक लेनदेन तुलनात्मक रुपमा यस पर्वमा बढी हुने भएकोले आर्थिक गतिबिधिले सबैमा सकारात्मक उर्जाको प्रवाह हुन्छ जसले गर्दा आसभरोस जगाउँछ र समाजले सही गति लिने गर्दछ ।
३. सिकाईको लागि उपयुक्त पाठशाला ः प्रत्येक घर परिवारमा जेष्ठ सदस्यको हातबाट टिका थापेको, सकारात्मक उर्जाबाट थरी थरीका आशिष दिएको बालबालिकाले सुन्ने तथा देख्ने गर्दछन् र तत् उमेर समूहका आफुभन्दा कनिष्ठलाई आषिश दिने टिका लगाउने कार्यले बालबालिकाले समाजका जेष्ठ सदस्य प्रतिको सम्मान तथा कनिष्ठ प्रतिको जिम्मेवारी अगाध प्रेम स्नेहको वातावरण सिर्जना हुदाँ बालबालिकाको सुसंस्कृत सिकाईको लागि पाठशाला बन्नेमा कुनै सन्देह छैन र बालबालिका पढेर भन्दा पनि देखेर र गरेर धेरै सिक्ने गर्दछन् ।
४ शुभकामना दिने संस्कृतिः समाजका सबैजसो मानिसहरुले आ आफ्नै तरिका तथा शैलीले एक अर्कामा दशैको शुभकामना शब्दमा, बस्तुमा आदान प्रदान गर्ने गर्नाले एक अर्का बिच पारस्पिरिक मिलन, प्रगाढ सम्बन्ध तथा प्रेम भाइचारा बढ्नाले प्रत्येक व्यक्तिले आफुभित्र नै सकारात्मक उर्जाको विजारोपण भएको महशुस गर्नुका साथै सम्बन्ध विकासको कढी बन्ने गर्दछ ।
५. आशिषको चलन ः जब प्रत्येक सदस्यले दशैको टिका लगाउदा उर्जाशिल र सकारात्मक सोचबाट प्रेरित आशिर्वाद दिनुको साथसाथै साना बालबालिकाहरुलाई सप्रेम दक्षिणा दिएर आर्शिवाद दिन्छन् बालबालिकामा सकारात्मक उर्जाको प्रवाह हुनुका साथ साथै सबैको अनुहारमा मुस्कान तथा खुसीयालीको उमंग छाँउछ जसले गर्दा बुढा देखि बालबालिकाहरुमा सकारात्मक उर्जाको प्रवाह हुने गर्दछ । प्रत्येकले जब सफलताको कामना सम्प्रेषण भएको वातावरण बन्दछ अनि बुढा देखि बालबालिका सम्म सम्भावनाको बाटो तय गरिदिन्छ र अबरोध बाधा, अड्चन छिचोलेर अगाडी बढ्नका लागि बाटो निर्माण् गर्दछ ।
६.खेलकुद तथा भ्रमणले उर्जाशिल बनाउने ः प्रत्येक टोल घर परिवारमा खेलिने विभिन्न किसिमका खेलकुदहरुले शारीरिक रुपमा स्वस्थ र मानसिक रुपमा उर्जावान बनाउदछ । परिवारका सदस्यहरु मिलेर एक आपसमा खेलिने खेलकुदले पारिवारिक वातावरण तथा परिवारका सदस्यहरुले एकअर्कालाई नजिकबाट चिन्ने तथा प्रत्येक सदस्य बीच साथी जस्तै आफ्ना मनका कुरा साटासाट गर्न सक्ने वातावरण पैदा हुन्छ, पारिवारिक भ्रमणले पारिवारिक वातावरण सिर्जना गर्नुका साथै नयाँ ठाँउको भ्रमणले त्यहाँको वस्तुगत अवस्था तथा सामाजिक, आर्थिक रहन सहनको बारेमा अवगत हुनुका साथै महत्वपूर्ण सिकाईको पाटो बन्ने गर्दछ ।
७. अध्ययन ः दशै भनेको फुर्सदको समय हुनाले यो समयमा विभिन्न पुस्तकहरु पढेर ज्ञान आर्जन तथा मनोरञ्जन गर्ने गरिन्छ । यो समयमा आ–आफ्नो रुचि अनुसार जस्तो दार्शनिक, जीवनशैली, धार्मिक, उपन्यास, कथा लगायत विभिन्न विधाका पुस्तकहरु पढ्ने गरिन्छ । यसरी गरिने अध्ययनले व्यक्तिमा सकारात्मक उर्जाको प्रवाह हुन्छ ।
८. पूजा–आजा तथा साधना ः यो समयमा खासगरी दुर्गा भवानीका विभिन्न स्वरुपको पूजा, आराधना गरिन्छ । जसले गर्दा घर घरमा सकारात्मक उर्जाको प्रवाह हुन्छ । भक्तालूहरु नवरात्रका नौदिनसम्म एकछाक मात्र चोखो खानेकुरा खाएर व्रत बस्ने गर्दछन्, जसले गर्दा स्वास्थ्य सुदृढ हुनुका साथै मन पनि प्रफुल्लीत भई सकारात्मक उर्जाको प्रवाह हुन्छ । पूजा–आजा मात्र नभएर योग, प्रणायाम, ध्यान, मौन व्रत जस्ता साधनाले व्यक्तिको आन्तरिक शान्ति र आनन्दमा उल्लेख्य बृदि हुनुका साथै शारिरीक, मानसिक, भावनात्मक, आध्यात्मिक, आत्मिक स्वास्थ्यमा सकारात्मक प्रभाव पर्दछ ।
दशै हामी नेपालीहरुको प्रमुख चाड हो । जसले पारिवारिक मीलन, सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ गरी सकारात्मक वातावरणको सिर्जना गर्दछ । खुसी, सुख, शान्ती, संबृदिको मार्ग प्रशस्त गर्दछ ।
दीपक राज जोशी
प्रधानाध्यापक
आर्दश विद्या सदन, ग्वार्को, ललितपुर
Building a stronger culture of reading and educational leadership in Nepal.
Contact
Navigate
दीपकराज जोशी नेपालको विद्यालय तथा कलेज तहको शिक्षा क्षेत्रमा एक परिपक्व, दूरदर्शी, सिद्धान्तनिष्ठ र नतिजामुखी नेतृत्वकर्ताका रूपमा स्थापित हुनुहुन्छ । विगत दुई दशकभन्दा लामो समयदेखि शिक्षण, प्राज्ञिक व्यवस्थापन, र शैक्षिक प्रशासनको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको उहाँ गुणस्तरीय शिक्षा, अन्तर्राष्ट्रिय शैक्षिक समन्वय र व्यावहारिक शैक्षिक प्रशासनका संवाहक हुनुहुन्छ ।
उहाँले बाल शिक्षा (Early Childhood Education) देखि उच्च माध्यमिक तहसम्मका विभिन्न प्रतिष्ठित शैक्षिक तथा सामाजिक संस्थाहरूमा नीतिगत एवं प्रशासनिक नेतृत्व प्रदान गर्दै आउनुभएको छ:
जोशी केवल परम्परागत र सैद्धान्तिक सिकाइमा मात्र सीमित नरही आधुनिक, नवप्रवर्तनकारी (Innovative) र जीवनोपयोगी शिक्षा प्रणालीको वकालत गर्नुहुन्छ । उहाँका मुख्य प्राज्ञिक योगदानहरू यस प्रकार छन्:
उहाँका केही चर्चित तथा उल्लेखनीय लेखहरू:
क) शैक्षिक तथा बाल मनोविज्ञान केन्द्रित लेखहरू:
ख) जीवन दर्शन, उत्प्रेरणा र सामाजिक सम्बन्ध:
ग) संस्कृति, सुशासन र समसामयिक राजनीति:
उहाँले शैक्षिक सामग्री लेखन, पुस्तक प्रकाशन र वैचारिक विमर्शमार्फत समाजलाई निरन्तर सूसुचित गर्दै आउनुभएको छ:
शिक्षा क्षेत्रका अतिरिक्त उहाँको बौद्धिक चासो र अध्ययनको दायरा निकै फराकिलो छ:
“प्रत्येक बालबालिकामा ज्ञानको प्यास जगाउनु, पठन संस्कृतिको बीउ रोप्नु र गुणस्तरीय शिक्षाको वातावरण सिर्जना गर्नु नै सच्चा शिक्षाकर्मीको कर्तव्य हो।” > — दीपकराज जोशी
दीपकराज जोशी नेपाली शिक्षा क्षेत्रमा एक समर्पित, नवप्रवर्तनकारी र बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । आधारभूत जगदेखि उच्च माध्यमिक तहसम्मको शैक्षिक प्रशासनलाई सबल बनाउन, शिक्षक-अभावकबीच सेतुको भूमिका निर्वाह गर्न र समाजमा “विकासका लागि पठन संस्कृति” स्थापना गर्न उहाँले पुर्याउनुभएको योगदान उदाहरणीय र सराहनीय छ ।