Deepak
जीवनमा उन्नती, प्रगति, नाम, दाम, सुख, शान्ती, संबृद्धि, ऐश्वर्य प्राप्त गर्ने र सफलता हाँसिल गर्ने हरेक मानिसको सपना हुन्छ तर सपनालाई विपनामा परिणत गर्नेको संख्या न्यून हुन्छ । बहुसंख्यक मानिसहरु आफ्नो भाग्यलाई, देशलाई, अरुलाई दोषारोपण गरेर आफ्नो सपना पुरा गर्न नसकेको कुरामा आत्मसन्तुष्टि लिएको देखिन्छ । तर कसैको भलो कुभलो कसैले चिताउदैमा भलो कुभलो हुने हो र ? भलो र कुभलो त हामी भित्र रहेको संस्कार जुन हाम्रो विचारबाट निर्माण हुने गर्दछ । तसर्थ समाजमा हरेक मानिसहरुको जन्म भएको ठाँउ, घर, परिवारले खास फरक पार्दैन, पार्छ त उसभित्र रोपिएको सोचले पार्दछ । विश्व विख्यात हरेक क्षेक्रका व्यत्तित्वहरुको जीवनी पढ्दा उनीहरुको पारिवारिक पृष्ठभूमि सामान्य नै छ । विश्वका धनाढ्यको जीवनी केलाउने हो भने पनि अधिकाँशको पैतृक, समाज र राज्य भन्दा आफ्नै प्रयासबाट धन आर्जन गरेको छ । अर्को तिर विश्वका शक्तिशाली राजनीतिज्ञ, प्रख्यात कलाकार, खेलाडी लगायतका अधिकाँसको सुरुवाती जीवन कालखण्ड अभाव, तनावबाट नै गुज्रीएको देखिन्छ । हामीहरु प्रेरक व्यक्तित्वको भाषण, विभिन्न किसिमका शिक्षादिक्षा,सेमिनार वर्कसप, तालिम, भ्रमण आदि गर्दै अनुभव संगाल्दै आफुलाई सफलताको उच्चतम विन्दुमा पुर्याउने प्रयास गर्दछौं तर सफलता प्राप्त भइरहेको हुदैन अनि हामीहरु भित्र डिप्रेसन, फ्रस्टेसन, तनाव लगायतका विभिन्न किसिमका आन्तरिक समस्याले गाज्ने गर्दछ । मानवीय स्वभाव नै भन्नु पर्दछ हामीहरु आन्तरिक भन्दा बाह्य तत्वबाट बढी प्रभावित हुने गर्दछौं र अन्तत्वगत्वा आन्तरिक तत्वबाट हामीहरु समस्याको जालोमा फस्ने गर्दछौं । तसर्थ खप्तडबाबाले विचार विज्ञानमा भने झै जस्तो विचार उस्तै फल अर्थात कुनै पनि कुराको विजारोपण विचारबाट हुन्छ र त्यही विचारले उसले आफ्नो गन्तव्य तय गर्ने गर्दछ । तसर्थ मानिसलाई उसको सपनाको उच्चतम विन्दुमा पुर्याउने उसले आफुभित्र रोपेको विचार नै हो । जस्तो बीउ रोपिएको छ, उस्तै फल लाग्छ । रोगी, निरोगी, कमजोर, बलवान, सफल, असफल, विख्यात, नामी, बेनामी, धनी, गरिब, जे जस्तो हुन्छ उसको विचारबाट निर्माण भएको हो नकि परिवार, समाज, राष्ट्र आदिका कारण । तर आत्मसन्तुष्टिका लागि अधिकाँस मान्छेहरु अरुलाई अथवा आफ्नो भाग्यलाई दोषारोपण गरी जीवन बेतित गर्नेलाई कसैले पनि केही गर्न सक्दैन । विचारबाट व्यबहार र व्यबहारबाट क्रियाकलापको निर्माण हुने गर्दछ । हाम्रा सम्पूर्ण आनी–बानी ब्यबहारको जननी विचार हो र जसले प्रत्यक्ष रुपमा दैनिक क्रियाकलापलाई निर्धारण गरीसकेको हुन्छ ।
मूलतः विचार निर्माणको लागि चाहिने तत्वहरु ः कठिन परिस्थितिको सामना ः सामान्य र सहज परिस्थितिबाट उत्कृष्ट र परिपक्व विचारको निर्माण हुदैन तसर्थ हामीहरुलाई आफैले आफुलाई नियालेर एकपटक हेरौं हामी कुन विन्दुबाट किन र कसरी परिवर्तन हुन थाल्यौं । सहज अवस्थामा हामीहरु विभिन्न दृष्टीकोणबाट सोच्न बाध्य हुदैनौ र सोचको निर्माणका लागि आवश्यक ब्रेन स्ट्रोमिङ भएको हुदैन । यस्तो परिस्थितिमा आफुलाई सम्हालेर परिस्थितिको सामना गरी दृढरुपमा सकारात्मक सोचको निर्माणका गरी त्यही अनुसार अगाडी बढ्ने ब्यक्तित्वले सफलता प्राप्त गर्दछ भने कठिन परिस्थितिको सामना नगर्ने र त्यही परिस्थितिमा रही भाग्यलाई, अरु कसैलाई दोषारोपण गर्ने व्यक्तिको जीवन यथास्थितिबाट अगाडी बढ्न सक्दैन । उदाहरणका लागि युएइ(युनाइटेड अरब इमिरेट्स) सातवटा राज्यहरु मिलेर बनेको एउटा मरुभूमि राष्ट्र आज विश्वको धनि, विकसित, पर्यटकीय र कल्पनासिल राष्ट्र बनेको छ । सामान्यतया संघिय राष्ट्रमा प्रदेशलाई मिलाएर अगाडी बढ्न गाह्रो छ तर सातवटाको एउटा राष्ट्रको रुपमा एउटा राष्ट्रपति अनि उनीहरु बीचको समझदारी र विकासको अवस्था आउनुमा चरम कठिन परिस्थितिले निर्माण गरेको विचारले उनीहरुलाई निर्देशित गरेकोले आजको परिस्थिति निर्माण भएको होला । नेपालको विकासको अवस्था र आपसी मेलमिलापको अवस्था हेर्ने हो भने आज पनि नाजुक छ । नेपालको अवस्था राम्रो किन बन्न सकेन भनी केलाउदा प्रकृतिले हामीलाई सामान्य अवस्थामा पनि जीवन यापन गर्न सक्ने बरदान नै दिएको छ राजनितीक रुपमा इतिहासको कालखण्डमा सबैलाई एउटै ठाँउमा बसेर एउटै सकारात्मक विचारको विजारोपण गर्ने बाध्यात्मक परिस्थितिको सिर्जना कहिल्यै पनि भएन जसको परिणाम हामी नेपालीहरुको आजको परिस्थिति हो । गौतम बुद्घ राजपरिवारमै बसेका भए शान्तीको मार्ग पहिल्याई विश्व चर्चित हुन सक्ने थिएनन्, आजको लागि सबैभन्दा उत्तम बैज्ञानिक विचार निर्माण गर्न सफल हुने थिएनन् । जसको लागि कठिन परिस्थितिको सामना गर्न तयार भए र उत्कृष्ट विचार निर्माण गर्न सफल भए । सामान्यतया समाजका बहुसंख्यक मानिसहरु सकारात्मक विचार निर्माण गर्न तयार हुदैनौं , घर निर्माणकै कुरा गरौं महानगर, नगरपालिकाका मापदण्ड हामीहरुलाई स्वीकार्न असहज हुनेगर्दछ तर २०७२ सालको भुकम्प पश्चात धेरैको विचारमा परिवर्तन आएको छ किनकी भुकम्पको असहज, कठिन परिस्थितिले बाध्य बनाएको हुनाले ।
२. आफूभिक्रको चाहना ः व्यत्ति बिशेष आफैमा सबैथोक पूर्ण अथवा अपूर्ण जे चाह्यो त्यही बनाउन सक्ने सामर्थ्य बोकेको म पात्र हो । तसर्थ म पात्रले आफ्नो सकारात्मक, रचनात्मक, सिर्जनसिल नयाँ विचार निर्माण गर्नका लागि गर्ने प्रयास महत्वपूर्ण पहलकदमी हो । व्यक्तिले कस्तो किताब पढ्ने, को संग संगत गर्ने, कस्तो ठाँउको भ्रमण गर्ने, आहार बिहार कसरी गर्ने, के चाहने कस्तो परिस्थिति चाहने वा सामना गर्ने इच्छा व्यक्त गर्ने निरपेक्षरुपमा व्यक्ति विशेषको आ–आफ्नो चाहना हो । हो यही चाहना नै उसको विचार निर्माणको लागि बीउ बन्ने गर्दछ । जस्तो बीउको विजारोपण गर्न उसले प्रयास गर्दछ त्यस्तै फल फल्ने गर्दछ । अर्थात स्याउ रोपे स्याउ, नासपाती रोपे नासपाती फल्ने कुरामा कुनै सन्देह हुदैन । तर बिडम्बना हामी सबैको चाहना र शब्दमा सकारात्मकता पाइएता पनि अर्न्तनिहितमा अर्कै अर्थात दुषित सोच भएका कारण उसको सफलताको बाधक नै उसको सोच हो । अधिकाँश मानिसहरु व्यक्ति विशेषको कुरा गर्ने गर्दछ यदि सहि निर्माण गर्ने हो भने उसको विचार अनि दर्शन विज्ञानको कुराले मात्र उपयुक्त विचार निर्माण हुने गर्दछ । एउटा चलचित्र राम्रो हुनुमा चलचित्रको कथा हो जसमा विचार छ बाँकी निर्देशन र कलाकारिता त्यही कथामा आधारित भएर निर्माण हुने हो । राजनीतिक पार्टीका नेताहरुको शब्द र घोषणापत्रमा राम्रा विचार नै पाइन्छन् तर व्यबहारमा पाइदैन जसका कारण समस्या पैदा भइरादखेको छ हाम्रो देशमा । यदि राजनीतिक व्यक्ति स्वयं आफैले अन्तस्करणबाट उत्तम विचारको निर्माण गरेको भए बोली र ब्यबहारमा फरक पाइने थिएन तर आयातित, साभार गरिएको अथवा देखावतिका लागि लेखिएको भनिएको विचारले यस्तो परिस्थतिको सिर्जना भयो । तसर्थ विचार स्वयं आफैले आफ्ना लागि अन्तस्करणबाट निर्माण गरेमात्र यथार्थ र ब्यबहारिक हुन्छ ।
दीपक राज जोशी
शिक्षाकर्मी
Building a stronger culture of reading and educational leadership in Nepal.
Contact
Navigate
दीपकराज जोशी नेपालको विद्यालय तथा कलेज तहको शिक्षा क्षेत्रमा एक परिपक्व, दूरदर्शी, सिद्धान्तनिष्ठ र नतिजामुखी नेतृत्वकर्ताका रूपमा स्थापित हुनुहुन्छ । विगत दुई दशकभन्दा लामो समयदेखि शिक्षण, प्राज्ञिक व्यवस्थापन, र शैक्षिक प्रशासनको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको उहाँ गुणस्तरीय शिक्षा, अन्तर्राष्ट्रिय शैक्षिक समन्वय र व्यावहारिक शैक्षिक प्रशासनका संवाहक हुनुहुन्छ ।
उहाँले बाल शिक्षा (Early Childhood Education) देखि उच्च माध्यमिक तहसम्मका विभिन्न प्रतिष्ठित शैक्षिक तथा सामाजिक संस्थाहरूमा नीतिगत एवं प्रशासनिक नेतृत्व प्रदान गर्दै आउनुभएको छ:
जोशी केवल परम्परागत र सैद्धान्तिक सिकाइमा मात्र सीमित नरही आधुनिक, नवप्रवर्तनकारी (Innovative) र जीवनोपयोगी शिक्षा प्रणालीको वकालत गर्नुहुन्छ । उहाँका मुख्य प्राज्ञिक योगदानहरू यस प्रकार छन्:
उहाँका केही चर्चित तथा उल्लेखनीय लेखहरू:
क) शैक्षिक तथा बाल मनोविज्ञान केन्द्रित लेखहरू:
ख) जीवन दर्शन, उत्प्रेरणा र सामाजिक सम्बन्ध:
ग) संस्कृति, सुशासन र समसामयिक राजनीति:
उहाँले शैक्षिक सामग्री लेखन, पुस्तक प्रकाशन र वैचारिक विमर्शमार्फत समाजलाई निरन्तर सूसुचित गर्दै आउनुभएको छ:
शिक्षा क्षेत्रका अतिरिक्त उहाँको बौद्धिक चासो र अध्ययनको दायरा निकै फराकिलो छ:
“प्रत्येक बालबालिकामा ज्ञानको प्यास जगाउनु, पठन संस्कृतिको बीउ रोप्नु र गुणस्तरीय शिक्षाको वातावरण सिर्जना गर्नु नै सच्चा शिक्षाकर्मीको कर्तव्य हो।” > — दीपकराज जोशी
दीपकराज जोशी नेपाली शिक्षा क्षेत्रमा एक समर्पित, नवप्रवर्तनकारी र बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । आधारभूत जगदेखि उच्च माध्यमिक तहसम्मको शैक्षिक प्रशासनलाई सबल बनाउन, शिक्षक-अभावकबीच सेतुको भूमिका निर्वाह गर्न र समाजमा “विकासका लागि पठन संस्कृति” स्थापना गर्न उहाँले पुर्याउनुभएको योगदान उदाहरणीय र सराहनीय छ ।