Deepak
आधुनिकरण र विश्वव्यापीकरण संगसंगै हामी मानव जातिले जीवनशैली, रहनसहन , सामाजीक, आर्थिक लगायतका बहुआयामिक परिवर्तनको अभ्यास गरिरहेका छौ । क्षणिक रुपमा मानवीय स्वभाव स्वार्थी, आत्मकेन्द्रीत, भौतिक सुख सुबिधा भोगी देखिएता पनि वास्तविक रुपमा मानवीय स्वभाब अलि फरक हुन्छ । मानिस भौतिक सुख सुबिधाले मात्र दिर्घकालीन रुपमा खुसी हुन सक्दैन तसर्थ सबैको भलो सोच्ने, सामाजीक, सहयोगी, आध्यात्मिक बन्दछ अर्थात बाह्य भन्दा आन्तरिक सुखभोगको चाहना राख्ने गर्दछ ।
मानवीय जीवन सम्पर्कमा बाच्ने जीवन होइन यो त सम्बन्ध निर्माणको जगमा बनेको हुन्छ । जीवजन्तु समेत एक अर्काको सम्पर्कमा रहेर अर्थात अन्य तौर तरिकाबाट बथान समुहमा बस्ने गर्दछन् । उनीहरुबीच पनि प्रेम, माया र सामुहिक भावना हुने गर्दछ तर समय र परिस्थितिले एक अर्कालाई विस्तारै विर्सने, छुट्टिने लगायतका विभिन्न परिवेशले सम्बन्ध निर्माण गर्ने अवस्था रहेको हुदैन । मानवीय जीवन यस्तो जीवन हो जसमा हरेक कुरा संभव छ मात्र चाहना हुनु र मानव हुनुको कर्तव्य बोध गर्नु पर्दछ ।
आधुनिकरण संगसंगै विपश्यना, ध्यान केन्द्र, योग केन्द्र लगायतका थुप्रै यस्ता केन्द्रहरुको स्थापना तिव्रगतिमा भइराखेको छ र यस्ता केन्द्रहरुमा मान्छेहरुको चाप पनि राम्रै छ । मान्छेको अन्तस्करणमा मानवीय सर्वोत्कृष्ट गुण रहेको हुन्छ तर समय परिस्थिति, वातावरण, साथि संगत र सतही क्षणिक विषयलाई वास्तविकता ठानेर जब हामी हाम्रो माइन्डसेट निर्माण गर्न थाल्छौ अनि हामी सम्पर्कमा बाँच्न थाल्छौं । अहिलेको युवा पुस्ता क्षणिक आनन्द, मोज मस्ती, पपुलर संस्कृतिमा रमाउने गरेको पाइन्छ तर वास्तविक रुपमा दिर्घकालिन आनन्दको अनुभूति लिनका लागि अन्तस्करण देखि रोपिएको क्लासिकल संस्कृतिको जगमा उभिएर सम्बन्ध निर्माण गर्न सकिन्छ ।
हाम्रो समाज कतातिर उन्मुख भइराखेको छ ?
सामाजिक सञ्जालको प्रयोग संगसंगै भर्चुअल संसारमा रमाउनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । सामाजिक संजालमा गरिएका आर्टिफिसियल संबाद तथा आई कन्ट्याक्ट र सामिप्यता विनाको संचारले मान्छेहरु बिच कस्तो सम्बन्ध निर्माण भईराखेको छ ? मात्र सम्पर्क बढीरहेको छ र विकृति विसंगती संगसंगै अपराधिक क्रियाकलाप पनि बढिरहेका छन् । वास्तविकता नबुझि अन्धभक्त भएर यदि कसैले कसैको आलोचना–समालोचना गर्ने तथानाम अपशब्द प्रयोग गरेर गाली बेइज्जेती गर्ने गैर जिम्मेबारीपूर्ण प्रवृति दिनप्रतिदिन बढ्दो छ । सम्पर्कका कारणले कसैको देवत्वकरण गर्ने तथा अर्को पक्षलाई राक्षसीकरण गर्ने काम भइरहेको छ । यसले समाजलाई त्यसमा पनि युवापिढी जसले सामाजिक संजालको प्रचुर प्रयोग गर्दछ । समाज र युवा पिढी गलत बाटोमा अग्रसर हुन थालेमा देशको भविष्य उज्यालो बन्न सक्दैन । कतिपय विषयवस्तुहरु हामीहरु सामाजिक संजालमा आएका फेक आइडी र गलत सोच भएका प्रयोगकर्ताका समाचारका आधारमा धारणा बनाइरहेका छौ । सामाजिक संजालको दुरुपयोग गर्नका लागि कतिपय राजनितीक पार्टि तथा संघ संस्थाहरुले साइवर समुह नै बनाएर अर्को पक्षलाई उछितो काढ्ने र आफ्नो निहित स्वार्थ पूर्तिका लागि गलत सूचना संप्रेषण, प्रवाह गर्ने कार्य सामुहिक रुपमा बदनियत नियोजित तरिकाले गरिरहेका छन् । जसको असर प्रत्यक्ष परोक्ष रुपमा समाजका सबै पक्षलाई पर्ने गर्दछ ।
हाम्रो समाजको आधारशिला
नेपाली समाज बेलुकी पख घरमा आउने पाहुनालाई अतिथिको सम्मान दिएर आदर सत्कारका साथ घरमा राख्ने चलन तथा गुठी, भोज, समाजीक कार्य, अर्मपर्ममा निस्वार्थी सामुहिक भावनाबाट निर्देशित समाज हो तर यस्ता समाजका अमूल्य चलनहरु लोप भई राखेका छन् । प्रत्येक जसो टोल समाजमा सहि, सत्य सूचना संप्रेषण आधिकारिक जिम्मेवार व्यक्तिबाट हुने गर्दथ्यो भने भ्रामक अफवाह फैलाउनेलाई दण्डित गर्ने गरिन्थ्यो जसले गर्दा समाजमा थिति रहन्थ्यो । आजभोली पनि केही यस्ता समुदाय जस्तो नेवार, गुरुङ, मगर लगायतका थुप्रै आदिवासी जनजाती समुदायमा केहि हदसम्म थिति बसाउने प्रचलन चलिरहेको छ । वास्तविक रुपमा भन्ने हो भने उनीहरुबीच सम्बन्ध कायम रहिरहेको छ र उनीहरुबीच प्रगाढ आत्मियता छ । अहिले पनि पर्यटकहरु नेपालमा नेपाली समाजको सामिप्यता, आत्मियता, हार्दिकता, न्यानोपनका कारण उनीहरुका लागि सबैभन्दा ठूलो विषय वस्तु बन्ने गर्दछ । अधिकाँश विकसित तथा पश्चिमी मुलुकहरुमा मान्छेहरु बीच केबल सम्पर्क निर्धारण भईरहेको छ, जसले उनीहरुलाई आत्मसन्तुष्टी दिइरहेको छैन । जुनसुकै परिस्थिति, कालखण्ड,समयमा पनि हामी सबैको सम्बन्ध निर्माण गर्ने चाहना जीवन्त रहने गर्दछ । अनायासै मान्छेहरुमा असन्तुष्टि, एक्लोपन र विरक्त्तता आएको पत्तै हुदैन र अन्तत हामी भौतारीरहने गर्दछौं । पछिल्लो पटक फलोसिप अथवा सम्बन्ध निर्माणका लागि विभिन्न क्लबमा आवद्ध हुने तथा सामाजिक कार्यमा लाग्ने क्रम बढ्दो छ । तसर्थ जुनसुकै स्वरुपमा भएमा हाम्रो नेपाली समाजको संबन्ध सहितको जगमा निर्माण भएको समाजमा हामी सबैले सम्बन्धमा बाच्ने अभियानमा लागौं ।
दीपक राज जोशी
शिक्षाकर्मी
Building a stronger culture of reading and educational leadership in Nepal.
Contact
Navigate
दीपकराज जोशी नेपालको विद्यालय तथा कलेज तहको शिक्षा क्षेत्रमा एक परिपक्व, दूरदर्शी, सिद्धान्तनिष्ठ र नतिजामुखी नेतृत्वकर्ताका रूपमा स्थापित हुनुहुन्छ । विगत दुई दशकभन्दा लामो समयदेखि शिक्षण, प्राज्ञिक व्यवस्थापन, र शैक्षिक प्रशासनको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको उहाँ गुणस्तरीय शिक्षा, अन्तर्राष्ट्रिय शैक्षिक समन्वय र व्यावहारिक शैक्षिक प्रशासनका संवाहक हुनुहुन्छ ।
उहाँले बाल शिक्षा (Early Childhood Education) देखि उच्च माध्यमिक तहसम्मका विभिन्न प्रतिष्ठित शैक्षिक तथा सामाजिक संस्थाहरूमा नीतिगत एवं प्रशासनिक नेतृत्व प्रदान गर्दै आउनुभएको छ:
जोशी केवल परम्परागत र सैद्धान्तिक सिकाइमा मात्र सीमित नरही आधुनिक, नवप्रवर्तनकारी (Innovative) र जीवनोपयोगी शिक्षा प्रणालीको वकालत गर्नुहुन्छ । उहाँका मुख्य प्राज्ञिक योगदानहरू यस प्रकार छन्:
उहाँका केही चर्चित तथा उल्लेखनीय लेखहरू:
क) शैक्षिक तथा बाल मनोविज्ञान केन्द्रित लेखहरू:
ख) जीवन दर्शन, उत्प्रेरणा र सामाजिक सम्बन्ध:
ग) संस्कृति, सुशासन र समसामयिक राजनीति:
उहाँले शैक्षिक सामग्री लेखन, पुस्तक प्रकाशन र वैचारिक विमर्शमार्फत समाजलाई निरन्तर सूसुचित गर्दै आउनुभएको छ:
शिक्षा क्षेत्रका अतिरिक्त उहाँको बौद्धिक चासो र अध्ययनको दायरा निकै फराकिलो छ:
“प्रत्येक बालबालिकामा ज्ञानको प्यास जगाउनु, पठन संस्कृतिको बीउ रोप्नु र गुणस्तरीय शिक्षाको वातावरण सिर्जना गर्नु नै सच्चा शिक्षाकर्मीको कर्तव्य हो।” > — दीपकराज जोशी
दीपकराज जोशी नेपाली शिक्षा क्षेत्रमा एक समर्पित, नवप्रवर्तनकारी र बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । आधारभूत जगदेखि उच्च माध्यमिक तहसम्मको शैक्षिक प्रशासनलाई सबल बनाउन, शिक्षक-अभावकबीच सेतुको भूमिका निर्वाह गर्न र समाजमा “विकासका लागि पठन संस्कृति” स्थापना गर्न उहाँले पुर्याउनुभएको योगदान उदाहरणीय र सराहनीय छ ।