Deepak
बिद्यार्थी कि अभिभावक कसलाई सिकाउने ? पढाउने कि सिकाउने भन्ने कुरामा पक्कै पनि हामी सिकाउने कुरामा नै जोड दिने गर्दछौं । बहुसंख्यक अभिभावक र शिक्षकहरुको एउटै गुनासो छ ः बिद्यार्थीहरु पढ्दैनन् । के नयाँ पिढिले पढ्न मन नगरेको हो त? कि समय, परिस्थिति, परिवेश फरक भएकाले पढ्ने–सिक्ने प्रक्रियामा फरक भएको हो । सबैजसो शिक्षाकर्मी तथा अभिभावकले आफ्ना बिद्यार्थी/छोरा छारीले पढाइ/सिकाइमा मन लगाएको पक्कै पनि मनपर्दछ । तर किन बिद्यार्थीहरु पढ्न/सिक्न मन गर्दैनन् त? वास्तवमा बिद्यार्थीको पेशा काम भनेको पढ्ने नै हो भने किन आफ्नो काम गर्न नमानेको? समस्या के हो र कसरी समाधान गर्न सकिन्छ ? राम्रो गर्ने र राम्रो बनाउने प्रयास गर्नु नै मानविय स्वभाव हो तर व्यबहारमा किन लागु हुदैन त ?
शिक्षा जीवनको महत्वपूर्ण पाटो हो । वास्तविक रुपमा जीवन जीउन सिकाउने तथा मानव भएको महशुस बनाउने महत्वपूर्ण तत्व नै शिक्षा हो । तर यति महत्वपूर्ण विषयलाई हामी अभिभावक, शिक्षाकर्मी तथा सरोकारबालापक्षहरुले बहुआयामिक ढंगले केलाउन सकिरहेका छैनौं । तसर्थ बिद्यार्थी भाइबहिनीहरुले पढेनन्, सिकेनन् भन्नु भन्दा हामीले आत्मसमिक्षा गर्नुपर्ने बेला आएको छ । हरेक बालबालिका अरुले ‘यसो गर’ भनेर भन्दा पनि अरुलाई देखेर भोगेर सिक्ने गर्दछन् । घर पहिलो बिद्यालय र अभिभावक पहिलो गुरु हो भन्ने बिषयलाई जबसम्म ब्यबहारमा उर्तान सकिदैन तबसम्म हामीहरुले गुनासो मात्र गर्ने हो किनकि समस्याको समाधानका लागि पहल कदमी लिएकै छैनौं भने कसरी समस्या समाधान हुन्छ ?
अबको आवश्यकता अभिभावक शिक्षाको हो । जबसम्म अभिभावकले वर्तमान, समय, परिस्थितिलाई बुझ्न सक्दैनौ र आफुलाई रोल मोडल बनाउन सक्दैनौं; छोरा छोरीको बारेमा बिद्यालयमा, परिवारभित्र, छरछिमेकीमा कुरा काट्ने, गुनासो गर्ने अधिकार छैन ।
जिम्मेवारी कसले र कसरी लिने त ?
१. घरलाई सिक्ने थलो बनाऔःं
प्रत्येक बालबलिकालाई असल बानी–ब्यवहार, आचरण, संस्कृति रोप्ने थलो घर हो । प्रत्येक अभिभावकले घरमा गर्ने क्रियाकलाप बालबालिकाहरुले नियालीरहेका हुन्छन् र त्यसैको अनुसरण गर्दछन् । हामी अभिभावकहरु बालबालिकाले आफ्ना क्रियाकलाप, बानी, ब्यबहार, आचरण बालबालिकाले बुझ्दैनन् भन्ने मानसिकतामा हुन्छौं तर दुई बर्षको बच्चाहरुमा समेत बुझ्न सक्ने क्षमता हुन्छ । हामीहरु बालबालिकालाई कस्तो बनाउन चाहन्छौं त्यही अनुसारको आचरण र ब्यबहार हामीहरुले देखाउनुपर्दछ । हरेक बालबालिको लागि परिवार ज्ञान र सिप सिक्ने सबैभन्दा ठुलो स्रोत हो । यदि हामी झर्केर बोल्छौ, झगडा गर्छौ वा झुठ बोल्छौ भने बालबालिकाले त्यही सिक्छन् । हामी किताब पढ्छौं भने बालबालिका पनि त्यहि गर्छन् । हामीहरुका यस्ता थुप्रै ब्यबहार र क्रियाकलाप नै बालबालिहरुका सिक्ने स्रोत हुन् । कुनै पनि बालबालिका सुनाएर, भनेर सिक्न मन गर्दैनन् र उनीहरुको मस्तिष्कले पनि लिन सक्दैन । तर देखेर, गरेर छिटो सिक्छन् र पछि सम्म सम्झिन्छन् । तसर्थ भनेर, सुनाएर होइन की देखाएर, गरेर, रोल मोडल बनेर बालबालिकाहरुलाई भने जस्तो बनाउन सकिन्छ ।
२. ठिक र वेठिक छुट्याउन सिकाऔं ः भर्खर बिद्यालय पठाएको बच्चाहरुले बिद्यालयमा शिक्षिकाले गलत पढाएमा पनि अरुले त्यसलाई सच्याउन खोज्दा पनि बच्चाहरुले म्यामले भनेको यही हो र सही हो भनि जिद्धि गर्ने गर्दछन् । यो बालबालिकाको शिक्षिका प्रतिको विश्वास हो तर शिक्षिका, अभिभावक, साथीहरुले सानै देखि जेसुकै भने पनि ठिक कुरा ठिक र बेठिक कुरा बेठिक नै हुन्छ भन्ने कुरा सिकाउनु पर्दछ । साना बालबालिकामा जे रोप्यो फल त्यही प्राप्त हुन्छ तसर्थ सानै उमेर देखि बच्चाहरुलाई सहि र गलत छुट्याउन सिकाउनु पर्दछ जसले समाजलाई सहि दिसामा लग्न सक्ने नेतृत्वको विकास हुन्छ । गलत कुरालाई निरन्तरताकासाथ गलत भन्न सक्ने आत्मविश्वास जगाउन सक्नु पर्दछ जसले गलत तत्वहरु समाजबाट किनारा लाग्ने गर्दछन् पर्दछ ।
३. अनुशासित जीवन जिउने बानी बसालौं ः
बाल्यकालमा बालबालिकाका हरेक क्रियाकलापलाई हामीहरुले हाँसेर सहर्ष रुपमा स्वीकार्ने गर्दछौं । जसले बालबालिकाहरुमा जे गर्दा पनि हुन्छ, जसो गर्दा पनि हुन्छ भन्ने आडम्बर मनोभावनाको विकास हुने गर्दछ र विस्तारै बालबालिका नियन्त्रण बाहिर हुने गर्दछन् । तसर्थ सहि संस्कार र अनुशासित बानी ब्यबहारको बीउ रोप्न सक्नु नै वास्तविक रुपमा जीवनको लागि चाहिने खुड्किलो हो । इलेक्ट्रोनिक्स डिभाइसेसहरुको प्रयोगमा नियन्त्रण तथा निगरानी नितान्त आवश्यक छ जसले अनावश्यक तनाब तथा समस्याबाट टाढै राख्न सजिलो बनाउने गर्दछ । अधिकांस अभिभावकहरुको गुनासो हुनेगर्दछ–मेरो बाबुनानीले धेरै मोबाइल चलाउछ, रिसाउछ, झर्किन्छ । समस्याको मुख्य कारण अव्यबस्थित घरपरिवार तथा जीवन शैली हो ।
४. बच्चाहरुको मनोभावना बुझ्ने ः हरेक बालबालिकाका लागि उसको बुवाआमा सबैभन्दा नजिकको साथी, माया गर्ने र जीवनको गोरेटो देखाउने पथपर्दशक हुन् तसर्थ बुवाआमा तर्साउने, कुट्ने, पिट्ने, थर्काउने हुन थाले भने बच्चाहरुको भविष्य अप्ठ्यारोमा पर्ने निश्चित छ । किनकि बालबालिकाहरुले मन मिल्ने, माया गर्ने, साथ दिने आफ्नै उमेर समुहसंग मित्रता गास्न थाल्दन् र उनीहरुकै सर सल्लाहमा चल्ने गर्दछन् । आफ्नै उमेर समुहबाट कस्तो सल्लाह आउला, समस्याको समाधान होला हामी सजिलैसंग अनुमान लगाउन सक्दछौं । तसर्थ बालबालिकाहरुको भावना बुझ्ने, समस्या बुझ्ने, पारिवारिक छलफल गर्ने वातावरण सिर्जन गर्न सकेमा मात्र बालबालिकाहरुले आफुलाई चौतर्फी रुपमा विकास गर्नुका साथै बुवाआमाको भावनालाई कदर गर्ने गर्दछन् । फलत अपेक्षाकृत रुपमा बालबालिका असल तथा सफल बन्न सक्छन् ।
५. तुलना गर्ने नगरौं ः कसैलाई पनि अरुसंग तुलना गरेर होच्याएको, हेपेको मन पर्दैन तसर्थ कलिला बालबालिकालाई उनीहरुको आत्मसम्मानमा चोट पुराएर होच्यायौं भने यसको परिणाम पक्कै पनि राम्रो आउदैन । हरेक बालबालिका जिनियस वा प्रतिभाका धनी हुन् । उनीहरुलाई गोडमेल गर्ने, हुर्काउने, बढाउने हरेक तरिकाले प्रयत्न निरन्तर रुपमा गर्नुपर्दछ । साना साना राम्रा प्रयासहरुको लागि प्रशंसा गरौं । राम्रो गर्न सक्छौ भन्ने आत्मविश्वास जगाउन सक्यो भने बच्चाको भविष्य उज्ज्वल हुनेमा कुनै शंका छैन ।
६. समयलाई चिनेर ब्यबहार गरौ. ः हामीहरु हाम्रोपालाको कुरा गरेर बालबालिकाहरुले यस्तो किन गरेनौं, हामीले यसो गरेका थियौं भन्नुको कुनै तुक छैन तर हामीहरुले गरेको संघर्ष र चुनौतीपूर्ण जीवनका पाटाहरु सुनाउने बानी गर्नुपर्दछ जसले गर्दा जीवनमा संघर्ष गर्नुपर्दछ र चुनौतीको सामना पनि गर्नु पर्दछ भन्ने भावनाको विकास हुन्छ । साथसाथै उनीहरुलाई आफ्नो बुवा आमा प्रति गौरव होस, सम्मान जागोस् ।
७. जीवन मूल्य शिक्षामा जोड दिऔं ः शिक्षा निरपेक्ष र एकांकी बिषय होइन तसर्थ शिक्षाका बहुआयामिक पक्षहरुलाई घर तथा विद्यालयमा समेट्नु नितान्त आवश्यक छ । मानव मूल्य र मान्यता सहितको शिक्षाले मात्र वास्तविक रुपमा सुसस्कृति सहितको असल मान्छे बनाउदछ । तसर्थ शिक्षालाई जीवनका पाटोहरुसंग जोड्दै नयाँ दिल्लीमा केजरीलालको सरकारले लागु गरेको जीवन मूल्य शिक्षा कार्यक्रम सफल भई शिक्षामा आमुल परिवर्तन आएको भन्ने कुरा त हामीले सुनेकै छौ । हाल नेपालमा पनि त्यही जीवन मूल्य शिक्षालाई नेपालीकरण गरी हाम्रो परिवेशमा ल्याएर केही विद्यालयहरुले विज्ञको परामर्शमा संचालनमा ल्याइरहेका छन् । अबको मार्ग बिद्यालय र घर परिवारले मानव मानांक सहितको सापेक्षित शिक्षाको बाटोमा अघि बढ्नुको विकल्प छैन ।
दीपक राज जोशी
शिक्षाकर्मी
Building a stronger culture of reading and educational leadership in Nepal.
Contact
Navigate
दीपकराज जोशी नेपालको विद्यालय तथा कलेज तहको शिक्षा क्षेत्रमा एक परिपक्व, दूरदर्शी, सिद्धान्तनिष्ठ र नतिजामुखी नेतृत्वकर्ताका रूपमा स्थापित हुनुहुन्छ । विगत दुई दशकभन्दा लामो समयदेखि शिक्षण, प्राज्ञिक व्यवस्थापन, र शैक्षिक प्रशासनको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको उहाँ गुणस्तरीय शिक्षा, अन्तर्राष्ट्रिय शैक्षिक समन्वय र व्यावहारिक शैक्षिक प्रशासनका संवाहक हुनुहुन्छ ।
उहाँले बाल शिक्षा (Early Childhood Education) देखि उच्च माध्यमिक तहसम्मका विभिन्न प्रतिष्ठित शैक्षिक तथा सामाजिक संस्थाहरूमा नीतिगत एवं प्रशासनिक नेतृत्व प्रदान गर्दै आउनुभएको छ:
जोशी केवल परम्परागत र सैद्धान्तिक सिकाइमा मात्र सीमित नरही आधुनिक, नवप्रवर्तनकारी (Innovative) र जीवनोपयोगी शिक्षा प्रणालीको वकालत गर्नुहुन्छ । उहाँका मुख्य प्राज्ञिक योगदानहरू यस प्रकार छन्:
उहाँका केही चर्चित तथा उल्लेखनीय लेखहरू:
क) शैक्षिक तथा बाल मनोविज्ञान केन्द्रित लेखहरू:
ख) जीवन दर्शन, उत्प्रेरणा र सामाजिक सम्बन्ध:
ग) संस्कृति, सुशासन र समसामयिक राजनीति:
उहाँले शैक्षिक सामग्री लेखन, पुस्तक प्रकाशन र वैचारिक विमर्शमार्फत समाजलाई निरन्तर सूसुचित गर्दै आउनुभएको छ:
शिक्षा क्षेत्रका अतिरिक्त उहाँको बौद्धिक चासो र अध्ययनको दायरा निकै फराकिलो छ:
“प्रत्येक बालबालिकामा ज्ञानको प्यास जगाउनु, पठन संस्कृतिको बीउ रोप्नु र गुणस्तरीय शिक्षाको वातावरण सिर्जना गर्नु नै सच्चा शिक्षाकर्मीको कर्तव्य हो।” > — दीपकराज जोशी
दीपकराज जोशी नेपाली शिक्षा क्षेत्रमा एक समर्पित, नवप्रवर्तनकारी र बहुआयामिक व्यक्तित्व हुनुहुन्छ । आधारभूत जगदेखि उच्च माध्यमिक तहसम्मको शैक्षिक प्रशासनलाई सबल बनाउन, शिक्षक-अभावकबीच सेतुको भूमिका निर्वाह गर्न र समाजमा “विकासका लागि पठन संस्कृति” स्थापना गर्न उहाँले पुर्याउनुभएको योगदान उदाहरणीय र सराहनीय छ ।